
अर्घाखाँची,
पाणिनी गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका क्रमश तारा पौडेल, राधा घिमिरे, लक्ष्मी सुनाखरी, शान्ता गौतम, विन्दु परियार र मानबहादुर विश्वकर्मा कार्यपालिका सदस्यमा विजयी भएसँगै काँग्रेस बहुमतमा भएको छ ।काँगेसको तर्फबाट निर्वाचित ६ जनासहित वडाअध्यक्षहरु कमलप्रसाद पोख्रेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली र कृष्णप्रसाद पौडेलले प्रतिनिधीत्व गर्ने भएका हुन । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, वडाअध्यक्षहरु हरिप्रसाद घिमिरे, इन्द्रमणि घिमिरे, गुनाखर अधिकारी र रोमबहादुर पाण्डेले कार्यपालिकामा प्रतिनिधित्व गर्छन , निर्वाचन सँगै पाणिनी गाउँपालिकाको कार्यपालिकामा एमालेको तर्फबाट ६ जना र काँग्रेसको तर्फबाट १० जना गरी १६ सदस्यीय कार्यपालिका बनेको पाणिनी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँसभामा एमालेको तर्फबाट २० सदस्य र काँग्रेसको तर्फबाट २४ सदस्य सहित ४४ जना सदस्य गाउँसभामा सहभागी हुनेछन् ।
पाणिनि गाउँपालिका कार्यपालिका निर्वाचन, महिला सदस्यहरु
तारा पौडेल, रूख २२
कल्पना विक, सुर्य २०
राधा घिमिरे, रूख २२
पम्फा विक, सुर्य २०
लक्ष्मी सुनाखरी, रूख २२
पार्वता विक, सुर्य २०
शान्ता गौतम, रूख २२
मखमला पन्थी, सुर्य २०
दलित वा अल्पसंख्यक गाउँकार्यपालिका सदस्यहरु
विन्दु परियार, रूख २३
झविन्द्र परियार, सुर्य १९
मानबहादुर विश्वकर्म, रूख २२
झुमा परियार, सुर्य २०












