
दाङ ।
मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् ।
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका–५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् ।



डिल्लीराज खनालले सरकारले मूल्य वृद्धि फिर्ता लिएमात्र आफूहरूको अनशन तोडिने बताए ।
लमही नगरपालिकाका प्रमखु जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीसहितको टोलीले आइतबार उनीहरु समक्ष पुगेर अनशन तोड्न आग्रह गरेका छन् ।









