
काठमाडौँ ।
आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको छ।
आजको हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ।
मंगलबार मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रन बनाएको थियो।



थाइल्याण्डका लागि थिपत्चा पुत्थावाङले २०,बान्थिदा लेप्हाथानले १९ र सुवानन खिओताले १६ रन जोडिन्। बलिङतर्फ नेपालकी मनिषा उपाध्याय र कृतिका मरासिनीले दुई/दुई तथा स्नेहा महराले एक विकेट लिइन्।
९० रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको नेपालले १९ ओभर ५ बलमा अलआउट हुँदै ४० रन मात्रै बनाउन सक्यो।
नेपालका लागि सृष्टि जैसीले ७, साना प्रविनले ५, अनु कडायतले ५, कृतिका मरासिनी, अञ्जली विश्वकर्मा र मनिषा उपाध्यायले समान ३ रन बनाए।
नेपालले आफ्नो अन्तिम खेलमा बिहीबार मलेसियासँग खेल्नेछ।








