
काठमाडौं ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ।
बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर अर्थात झण्डै १२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।



बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए।
(यस्तो छ बैठकका सबै निर्णय)










