
गुल्मी ।
गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक पत्रकारको मृत्यु भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।



प्रहरीका अनुसार पोखरेल मंगलबार दिउँसो अफ्नै घर नजिकैको जंगलमा आँपको स्याउला काट्ने क्रममा लडेर घाइते भएका थिए ।
घाईते पोखरेललाई उपचारका लागि गुल्मी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।
नवलपरासी कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पोखरेल नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेजर रहेका थिए ।
त्यस्तै उनी प्रेस सेन्टर नवलपरासीका अध्यक्ष समेत रहेका थिए।
कार्यालयबाट ५ दिनको बिदा लिएर उनी गाउँघरमा भेटघाटका लागि आएको पारीवारिक श्रोतले जनाएको छ ।









