
दिपक भट्टराई, जेठ २६,
रैनादेवि छहरा गाउँपालिकाले कृषकलाई मिनी टिलर (हाते ट्र्याक्टर)वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्दै राष्ट्रिय समृद्धि हाँसिलका गरि उत्पादनमा बृद्धि गर्न गाउँपालिकाले कृषकलाई मिनी टिलर वितरण गरेको हो। किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र कृषिमा लागत घटाइ उत्पादन बढाउन किसानहलाई मिनी ट्रिलर हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसानहरुले व्यहोर्नेगरी जम्मा ७१ वटा मिनी टिलर वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सुनिता प्रोखरेलले बताउनु भयो ।




गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले किसानहरुको आयस्रोत वृद्धि गराउने उद्देश्यले गाउँपालिकाले मिनी टिलर वितरण गरेको र किसान मार्फत आएका निवेदनका आधारमा मिनी टिलर वितरण गरिएको बताउनु भयो ।
गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले कृषिमा उन्नत प्रविधिमार्फत् कम समयमा धेरै काम गरी उत्पादन बढाउन समय र कृषकको मागअनुसार मिनी टिलर वितरण गरीएको बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले किसानलाई मिनी टिलर (हाते ट्र्याक्टर)हस्तान्तरण गर्दै परम्परागत कृषिप्रणालीमा पविर्तनको खाँचो अवाश्यक रहेको बताउदै “हामी अझै पनि खेतबारी गोरुबाट जोत्दै आएका छौँ’, अध्यक्ष भट्टराईले भन्नुभयो, “अब कृषिमा आधुनिकीकरणको खाँचो छ । हाम्रो ठाउँमा ठूला ट्याक्टरले जोत्न सम्भव छैन । त्यसैले यसवर्ष पनि मिनी ट्रिलर वितरण गरेका छौँ । सबै वडाबाट किसानको मागका आधारमा वितरण कार्यलाई निरन्तरता दिइने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
मिनी टिलर (हाते ट्र्याक्टर)वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष, पुर्व अध्यक्ष, वडा अध्यक्षहरु ,कार्यपालिका सस्दय एकिकृत माओवादी केन्द्रका जिल्ला सचिव राजेन्द्र वि.क पालिका कर्मचारी , विभिन्न संघसंस्थाका प्रतिनिधि र किसानहरुको उपस्थिति रहेको थियो ।









