
दिपक भट्टराई जेठ २७,पाल्पा



रैनादेवि छहरा गाउँपालिकाले पालिकास्तरीय बाल क्लब गठन तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न गरेको छ । गठित बाल क्लबहरूलाई बाल विवाह, लागुपदार्थ दुर्व्यसनी, बालश्रम शोषण, घरेलु हिंसा न्यूनीकरणमा परिचालन गरिने गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताउनु भयो ।
बाल क्लबमार्फत जातीय छुवाछुत तथा भेदभाव अन्त्यका लागि चेतनामूलक कार्यक्रम चलाइनेछ । प्रत्येक वडामा गठन भएका बाल क्लबका प्रतिनिधिलाई आबद्ध गरी पालिकास्तरीय बाल क्लब संजालसमेत ्बनाईएको गाउँपालिका उपाध्यक्ष युवराज थापा ले जानकारी दिनुभयो।
यस अभियानले बालबालिकाको नेतृत्व क्षमताको विकास हुने र अर्कातर्फ सामाजिक कुसंस्कार विरुद्धको अभियानसमेत सिर्जना गर्न सकिने गाउँपालिकाको विश्वास छ ।

बाल क्लबमार्फत विद्यालयको पहुँचबाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयको पहुँचसम्म ल्याउने व्यवस्थासमेत गरिनेछ । ‘बाल क्लबलाई रचनात्मक सामाजिक हितकारी संस्थाको रूपमा उपयोग गर्ने योजनामा रहेको रैनादेवि छहरा गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष रूक्माङ्गत भट्टराई को अध्यक्षता भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापा, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, रैनादेवी छहराका सदस्यद्वय शारदा रायमाझी र पदम सोमै शिक्षा शाखा प्रमुख निशा पाण्डे र राजाराम भाट,सुचना प्रविधि अधिकृत नारायण मल्ल,पालिकाका विभिन्न शाखाका कर्मचारी वडास्तरीय बाल क्लबका सदस्य तथा वुद्धिजिवीहरुको उपस्थिति रहेको सुचना प्रविधि अधिकृत नारायण मल्लले बताउनु भयो ।

नवगठित पालिकास्तरीय बाल क्लबका पदाधिकारीहरूमा
अध्यक्ष सुरज भण्डारी,उपाध्यक्ष लक्ष्मी परियार,सचिव प्रतिमा थापा, सहसचिव लवकुश बुढा
कोषाध्यक्ष विमल वि.क.र सदस्यहरू कुसुम कोईराला, पवित्रा पन्थ, महिन कुँवर, सर्मन राना रहेका छन । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख निशा पाण्डे र राजाराम भाट गर्नुभएको थियो ।










