
दिपक भट्टराई पाल्पा, २९ जेठ
रिब्दीकोट गाउँपालिका पाल्पाले विदेशबाट फकिएका ब्यक्तिहर सगँ आगामी आ।व । को पालिका बजेटमा समेटिनुपर्ने विषयहरुमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
पालिकाले आगामी दिनमा के कस्ता विषयमा बजेट विनियोजन गरेमा युवाहरुलाई पालिका भित्र रोजगारी सृजना गर्न युवा केन्द्रित कार्यक्रम ल्याउन र प्रभावकारी रुपमा बजेट कार्यनव्यन भनी कार्यक्रम आयोजना गरेको हो ।
गाउँपालिकाको सभाहलमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा रिब्दीकोट गाउँपालिका भित्रका सम्पुर्ण युवाहरुलाई अब बिदेश जान बाट रोकेर उनीहरुलाई के कस्ता काममा लगाएर रोजगारी दिई पालिकामै बस्न सक्ने बातावरण मिलाउन सकिन्छ भनि कार्यक्रमको आयोजना गरीएको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले बताउनु भयो उहाहरुले आर्जन गरेकोज्ञान अनुरुपको ब्यबसाय शुरुवात,विस्तार,प्रविधि सुधारका लागि बैक मार्फत शुन्य ब्याजमा लगानि गर्ने सकेमा यसको प्रभावकारीता रहने धारण राख्नु भयो ।
गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले विदेशमा युवाहरुले गरेको मेहनत अब पालिकामा गर्न सक्ने बनाउन युवाको शिप र क्षमताको आधारमा पालिकालाई समुन्त बनाउन युवाका खाचो रहेको हुनाले पालिकाले उत्पादनमा आधारित अनुदान प्रणालि अझ प्रभावकारी बनाउन सके र दायरा विस्तार गरेर यस विषयमा गम्भीर भएर लाग्न सके मात्र उदेश्य पुरा हुने धारणा राख्नुभयो ।
गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले रोजगारीका लागी विदेश गएका युवाले विदेशमा अनेकै प्रकारका दुख,कष्ट पाएको समयमा तलब नपाएको ,विदेश जादा एउटा काम दिन्छौ भन्ने तर विदेश गइसकेपछी अर्को काम दिएर विदेशमा युवाहरुले पाएको दुखमा पालिको ध्यान गएको बताउदै,अब रिब्दीकोट गाउँपालिकाले युवालाई समावेश गरी कसरी लैजान सकिन्छ भन्ने विषयहरुमा छलफल तथा अन्तरक्रिया आयोजना गरेको बताउनु भयो । कार्कीले यसरी विदेशबाट फकिएका ब्यक्तिहरुको अनुभवका आधारमा पालिकामा केही राम्रो काम गर्ने युवालाई आत्म निर्भर बनाउन विभिन्न विषहरुमा बजेट छुयाएर पालिकाले काम गर्न खोजेको बताउनु भयो ।
गाउँपालिकाले युवाहरुलाई स्व रोजगार बनाई विदेशमा आफ्नो पसिना बेच्न नपर्ने किसीमको कार्यक्रम ल्याई आगामी निति तथा कार्यक्रमा यस्ता विषयलाई समेटेर लैजान पालिकाको भनाई रहेको छ ।




कार्यक्रमका गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत सुचना प्रविधि अधिकृत,पालिकाका विभिन्न शाखाका प्रमुख तथा अन्य कर्मचारीहरु विदेशबाट फर्किनु भएका ब्यक्तिहरु विदेशवाट अन्य सामाजिक तथा सरोकार वाला ब्यक्तिहरुको उपस्थिति रहेको थियो । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षता तथा अधिकृत रुकलाल भट्टराई सञ्चानमा कार्यक्रम सम्पन्न भएको सुचना प्रविधि अधिकृत हेमेन्द्र कुंवरले जानकारी दिनुभयो ।









