
पाल्पा ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले तीनदिने संस्थागत विकास विषयक कार्यशाला तानसेनमा सम्पन्न गरेको छ ।
शुक्रबारदेखी सुरु भएको कार्यशाला आईतबार सम्पन्न भएको हो ।
कार्यशालाको समापन गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले उद्योगीले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको बताउँदै हरेक व्यक्ति उद्यमी बन्ने आकंक्षा सहितकार्य गरे देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताईन् ।

‘उद्योग गरौं, उद्यमी बनौ, देश विकासमा टेवा पु¥याऔं’ भन्ने मूल दृष्टिकोण तथा अभियान बाट उत्प्रेरित नेपालको अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउन, चलायमान बनाउन उत्पादनमुखी क्रियाकलापहरुको विकल्प नरहेको निष्कर्श निकालेका छन् ।



पाल्पाको तानसेनमा तीनदिन सम्म चलेको कार्यशाला गोष्ठीका सहभागीहरुले घरपरिवार तथा समुदायमा हरेक व्यक्ति कुनै न कुनै वस्तुमा आत्मनिर्भर भएर अगाडी बढ्दा देशको आयात प्रतिस्थापन गर्न सक्ने बताएका छन् ।
शुक्रबार देखी आईतबार सम्म पाल्पाको तानसेनमा नेपाल घरेलु तथा सानाउद्योग महासंघ रुपन्देहीले संस्थागत विकास विषयक गोष्ठी गरेको हो ।
गोष्ठीमा सहभागी उद्यमीहरुले वार्षिक कार्ययोजना बनाएका छन् ।









