
बुटवल ।
लुम्बिनी प्रदेशमा बजेट विनियोजन सुरु भएको छ ।
लुम्बिनी प्रदेशको २५ मिनटका लागि स्थगित भएको प्रदेशसभा बैठक सुरु भएको हो ।
स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको थियो ।



सरकारले जवाफ दिने भएपछि बैठक सुरु भएको हो । यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए ।
सरकारको तर्फबाट प्रदेशका आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जवाफ दिँदै छन् ।









