
बुटवल ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख विनियोजन गरेको छ ।
आगामी वर्ष २०७९÷८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले उक्त बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।



प्रस्तुत बजेटमा समावेश गरिएका कार्यक्रमहरू कार्यान्वयन गर्न ४२ अर्ब ६३ करोड ५७ लाख विनियोजन भएको छ ।
कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१दश मल २६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रु २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।
वित्तीय समान करण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रु ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेको छ ।
कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरेका छन् ।









