
पाल्पा जिल्लाको रैनादेबी छहरा गाउँपालिकाले पूर्व प्राथमिक तहका सहजकर्ताहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पूर्व प्राथमिक तहका पालिका भित्रका ४८ वटा विधालयका ५३ जना सहजकर्ताहरूलाई दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेको शिक्षा प्राविधिक सहायक राजाराम भाटले बताउनु भयो ।
सहभागीहरुलाई दुई समुहमा विभाजन गरी नेतृत्व विकास तथा, क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरीएको हो ।



समापन कार्यक्रमको बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले तालिमले सहजकर्ताहरुलाई थप शिपको विकास गरी नयाँ ज्ञान तथा क्षमता हासिल गर्न मदत पुग्न सक्ने आशा व्यतm गर्नुभयो ।पन्थीले शैक्षिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रको विकास नहुने हुदा शैक्षिक क्षेत्रलाई अब्बल बनाउने गरि गाउँपालिका अगाडि बढेको बताउदै सबैले सिकेका कुरा व्यवहारिक स्पमा लागु अगाडी बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा आफ्नो धारण राख्दै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका सदस्यद्वय शारदा रायमाझी र पदम सोमैले तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आर्गह गर्नु भयो ।
रैनादेबी छहरा गाउँपालिकाको आयोजनामा सम्पन्न तालिममा प्रशिक्षण मञ्जु कुँवर र अनिता रानाले गर्नुभएको थियो ,भने तालिमको सहजीकरण गाउँपालिकाका शिक्षा अधिकृत निशा पाण्डेले तथा शिक्षा प्राविधिक सहायक राजाराम भाटले गर्नुभएको सुचना प्रविधि अधिकृत नारायण मल्लले जानकारी दिनुभयो ।










