
दिपक भट्टराई पाल्पा ५ असार
रिब्दीकोट गाउँपालिका पाल्पाले स्थानिय तह भित्रका स्वास्थ्य संस्थाका प्यारामेडिक्स अर्थात हेल्थ असिस्टेन्ट र अ.हे.व.हरुलाई दुई दिने आँखा,,नाक,कान,घाटी तथा मुख रोग सम्बन्धी अभिमुखीकरण तालिम आजबाट सुरु गरेको छ ।
स्वास्थ्य शाखा को आयोजना तथा गाउँपालिकाका समन्व्यमा आज र भोली गरि दुई दिनसम्म तालिम सञ्चालन हुने गाउँपालिकाकाको स्वास्थ्य शाखाले जनाएको छ । साना तीना स्वास्थ्य समस्यालाई पालिकाको स्वास्थ्य संस्थामा नै समाधान तथा उपचार गर्ने गरी पालिकाको स्वास्थ्य शाखाले बेला बेलामा स्वास्थ्य कर्मी, हेल्थ असिस्टेन्ट र अ.हे.व.हरुलाई विभिन्न तालिम तथा अभिमुखीकरण दिदै आएको पालिकाले जनाएको छ ।
विशेषज्ञ सेवाका रुपमा परिचित आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य सेवा अन्तर्गत तल्लो तहसम्म पुरयाउन तथा आम नागरिकमा सरसफाई सम्बन्धी जागरुकता सिर्जना गरी रोग, जटिलता र धनजनको क्षती न्युनीकरण गरि उपचारात्मक स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य शाखा लागीरहेको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।




अभिमुखीकरण कार्यक्रम आफ्नो धारणा राख्दै प्रमुख प्रशासकिय अधिकृत पबन अर्यालले स्वास्थ्य क्षेत्र निकै महत्पुर्ण क्षेत्रको रुपमा चिनीने भएकाले स्वास्थको महत्व बुझि सहभागिले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान सक्ने गरी सिक्न आग्रह गर्नुभयो । अर्यालले सरसफाईको कमिले मानिसलाई धेरै रोगहरु लाग्ने हुनाले सरसफाईमा ध्यान दिन सके मात्र रोग लाग्न कम हुने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले स्वास्थ्य कर्मीहरुले स्वास्थ्य क्षेत्रमा धेरै सेवा प्रदान गर्नुपर्ने भएकाले यस्ता तालिम तथा अभिमुखिकरणले स्वास्थ्य कर्मीको थप क्षमता वृद्वि हुने बताउनु भयो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्वास्थ्य कर्मीहरु भगवान जस्तै हुने भएकाले सेवा पनि सोही अनुसार दिएर जनतालाई स्वास्थ्यको अनुभुति गराउन आग्रह गर्नुभयो ।उँहाले स्थानिय तहमा स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य सम्बन्धी धेरै ज्ञान तथा शिपको आवश्यकता पर्ने हुनाले विशेषज्ञ सेवाहरु तल्लो स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पुयाउनु चुनैती रहेको बताउदै, तालिमले रिब्दीकोटका स्वास्थ्य कर्मीहरुको आँखा,,नाक,कान,घाटी तथा मुख रोग सम्बन्धी क्षमता अभिवृद्धि भई स्वास्थ्यमा सुघार आउने बताउदै निकै महत्पुर्ण तालिम तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको भन्दै स्वास्थ्य शाखालाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारीले, प्रमुख प्रशासकिय अधिकृत पबन अर्याल,लेखा अधिकृत मन्जु पन्थी,स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी कार्यपालिका सस्दय सुनिल बस्याल विभिन्न शाखाका प्रमुखहरु ,पत्रकार तथा स्वास्थ्य कर्मीहरु,लगायतको उपस्थिती रहेको थियो ।
२९ जनाको सहभागिता रहेकोे तालिममा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी र प्राथमिक स्वास्थ्य केन्द्र खसौलीका प्रमुख सुर्धन न्यौपानेले सहजिकरण गर्ने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले सुपादेउराली खवरलाई बताउनु भयो । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीकोे अध्यक्षता ,स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी स्वागत तथा शिव जिसीको सञ्चालमा कार्यक्रम भएको हो ।









