
पाल्पा
पाल्पामा भलिबल संघ जिल्ला कार्य समितिले पुर्णता पाएको छ । जस्को अध्यक्षमा राजु गुरूङ्ग चयन हुनुभएको छ ।
आइतबार तानसेनमा भएको साधारणसभा एवम तेस्रो जिल्ला अधिवेशनबाट संघको जिल्ला अध्यक्षमा गुरूङ्ग चयन हुनुभएको हो । जस्को उपाध्यक्षमा नारायण शारू,देब बहादुर गाहा चयन हुनुभएको छ । महासचिवमा कृष्ण बहादुर आले,कोषाध्यक्षमा दिल बहादुर गाहा चयन हुनुभएको छ । कार्य समिति सदस्यहरूमा दिपक चौहान,सुशीला गोदार,कमल राना,हिमाल हिस्की,चिरन फाल,प्रिति शाह,तारा बहादुर थापा लगाएतको १४ सदस्यीय तदर्थ समिति गठन भएको छ । भने केन्द्रीय प्रतिनिधिमा पदम न्यौपाने,प्रदेश प्रतिनिधिमा प्रकाश श्रेष्ठ र अन्नत प्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन सत्र जिल्ला भलिबल संघका नि वर्तमान अध्यक्ष ताराबहादुर थापाको सभापतित्ब र नेपाल भलिबल संघका केन्द्रीय समितिका उपाध्यक्ष निरोज मास्केको प्रमुख आतिथित्यता र पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेको आतिथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।












