
बुटवल ।
जिल्ला भलिबल संघ रुपन्देहीको ८ औं वार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ ।
पाँचौ अधिवेशनले सुरेन्द्र कुमार शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राम बहादुर थापा र लोकेन्द भण्डारी, महासचिवमा शेरजङ्ग गुरुङ ईश्वर र कोषाध्यक्षमा तुल बहादुर थापा चयन हुनु भएको छ ।



समितिको सदस्यमा महेश खनाल, विश्वास ढकाल, ममता बुढाथोकी लाल प्रकाश थापा, विजयी गुरुङ, ईन्दीरा राना, प्रताव खवास र किशन बहादुर चन्द निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पत्रकार सुमन अधिकारी र यमलाल भुसाल निर्वाचन समितिमा रहेका थिए ।
त्यसअघि साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकास भट्टराईले खेलकुदको विकासमा राजनैतिक दलहरु गम्भिर हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले हरेक खेलकुदको विकास र संरक्षणका लागि राजनैतिक आस्था भन्दा फरक व्यक्तिहरुको छुट्टै समुह बनाउन जरुरी रहेको औल्याए ।








