
बुटवल ।
रूपन्देहीको तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ८३ प ९८४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु महाराजगन्ज ९ का २४ वर्षीय बसन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका बुटवलका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठक्कर खाँदा दुर्घटनामा परेको थियो ।
चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।









