
बुटवल ।
रुपन्देहीको गैडहवा गाउँपालिका–३, लालपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।
गए राति करिब सवा ९ बजे लु२१ प ४६२१ र लु ८६ प १५१४ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका चारैजनालाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा लगिएको थियो ।



उपचारका क्रममा १५१४ नम्बरको मोटरसाइकलमा पछाडि सवार गैडहवा–२ का अन्दाजी १६ वर्षीय सन्नि जैसवालको राति पौने ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
घाइतेमध्ये दुवै मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको अस्पताल स्रोतको भनाई रहेको छ ।









