
अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा १४ वर्षीया बालिकालाई ललाइफकाइ यौन क्रियाकलापमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हजुरआमा नाता पर्ने ४० वर्षीया महिलाले चाउचाउ, बिस्कुट खुवाउने आश्वासन तथा लोभ देखाएर बालिकालाई यौन क्रियाकलापमा संलग्न गराएर पैसा असुल्ने गरेकी थिइन् ।



यौन क्रियाकलापमा लगाउने महिला र बालिकालाई जबरजस्ती करणी गर्ने २२ वर्षीय ओमप्रकाश न्यौपानेलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बताए ।
उनीहरु दुबै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरि ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाईएको डिएसपी थापाले जानकारी दिए ।
बलात्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गए पछि कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन् ।उनी घरमा समेत बेला बेलामा बर्बराउँदै मध्यरातमा बाहिर जाने गरेकी छन् । बालिकालाई बलात्कार गरे,गराए पश्चात उनलाई कसैलाई जानकारी दिए कुट्ने मार्ने लगायतको धम्की दिदै थप मानसिक पीडा दिदै आएको समेत बताइन्छ ।









