
पाल्पा ।
पाल्पाको रैनादेवी छहरा गाँउपालिकाले यस वर्षको निती तथा कार्यक्रम पेश गदै बाहैं गाउँसभा सुरु गरेको छ । लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाको प्रमुख आतिथ्यतामा बहैैैं गाउँसभा सुरु भएको हो । गाउँसभामा प्रमुख अतिथि मन्त्री रानाले स्थानीय सरकार गाउँघरकै सरकार भएकोले ठूला सपना बाढ्नु भन्दा साना साना आवश्यकतालाई पूर्ती गर्नुपर्ने बताउनुभयो । मन्त्री रानाले गाउँपालिकाले जनताको सेवा प्रवाहमा ध्यान दिदै समस्याका चाङहरुलाई घटाउदै लग्नुपर्ने उल्लेख गर्नुभयो।
गाउँसभामा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङगत भट्टराईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुखि रैनावासी र समृद्ध रैनादेवीको सपना साकार पार्न नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो । आगामी ०७९।८० को नीति तथा कार्यक्रममा उज्यालो रैनादेवी, समृद्ध रैनादेवी, धार्मिक र खेलकुद पर्यटनको गन्तव्य रैनादेवी बनाउने योजना तथा कार्यक्रम प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।




आगामी वर्षको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन, मासु, दुध, तरकारी र अण्डामा आत्मनिर्भर पालिका निर्माण, कृषि एम्बुलेन्स, सुलभ कर्जा कार्यक्रम, आठ वडाका आठ पर्यटकीय क्षेत्र प्रर्वद्धन कार्यक्रम समेटिएको बताउनुभयो । त्यसैगरी शिक्षामा सबैको पँहुच, टिकाउ र गुणस्तरीय शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, एक विद्यालय एक नर्श कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम समेटिएको उल्लेख गर्नुभयो ।
वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष भट्टराईले गाँउपालिकालाई शून्य होम डेलिभरी, पूर्ण सरसफाई कार्यक्रम, जेष्ठ नागरिक र अपाङगसंग अध्यक्ष कार्यक्रम, एक हजार परिवारको निशुल्क स्वास्थ्य वीमा कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो । विगतका वर्षहरुमा सचालित राम्रा कार्यक्रमहरुको निरन्तरता दिदै यो वर्ष एक घर एक धारा, धार्मिक सास्कृतीक संरक्षण, युवा संग उपाध्यक्ष कार्यक्रम, एक सय युवा उद्यमी तयार पार्ने, सबै वडामा बस संचालन गर्ने मोटरवाटो निर्माण र स्तोरन्नतीका योजनाहरु रहेको बताउनुभयो ।
विभिन्न राजनीतिक दलहरु, सरोकारहरु व्यक्तिहरुको सहभागितामा आयोजित गाउँसभामा आफ्नै बसपार्क निर्माण, सुरक्षित नागरिक आवास कार्यक्रम, काठेपोलहरु विस्थापन गर्ने, वडा तथा गाउँपालिकाको सेवा प्रवाहमा डिजिटलाइ जेसन, गाउँकार्यपालिकाको वैठक पेपरलेस, इन्टरनेट सेवा विस्तारका योजनाहरु संचालन गरिने अध्यक्ष भट्टराईले नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । सामाजिक सुरक्षा भत्ता नागरिकको घरदैलोमा, तथा नागरिकलाई प्रवाह गर्ने सेवा प्रवाहमा चुस्त र छरितो गर्ने कार्यक्रमहरु संचालन हुने उल्लेख गर्नुभयो ।

गाउँसभाको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले जनताले अनुभुत गर्नेगरी सेवा प्रवाह तथा कार्यक्रमहरु संचालन गरिने बताउनुभयो । उपाध्यक्ष थापाले नीति तथा कार्यक्रमले धेरै विषयहरु समेटेको बताउदै जनताको आयआर्जन वृद्धी हुने र समृद्ध रैनादेवी बनाउने योजना अनुरुप नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो ।
कार्यक्रम लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाको प्रमुख आतिथ्यता, गाउँपालिकाका अध्यक्ष रुक्माङगत भट्टराईको अध्यक्षता प्रवक्ता देवेन्द्र थापाको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीको सन्चालनमा सम्पन्न भएको सुचना प्रविधि अधिकृत नारायण मल्लले जानकारी दिनुभयो ।
रैनादेवी छहरा गाउँपालिकाको
आ।व। २०७९र०८०
वार्षिक नीति तथा कार्यक्रम
गाउँ कार्यपालिकाको कार्यालय
छहरा, पाल्पा
लुम्बिनी प्रदेश
०८ आषाढ २०७९
आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम
“उज्यालो रैनादेवी, समृद्ध रैनादेवी, धार्मीक र खेलकुद पर्यटनको गन्तव्य रैनादेवी”
गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरु,
आमन्त्रित प्रमुख अतिथि, राजनैतिक दलका प्रतिनिधिहरु, बुद्धिजिवी, पत्रकार एवम् रैनादेवी छहरा गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारी लगायत उपस्थित महानुभावहरु रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभामा आ.व २०७९।०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा गाउँपालिकाको अध्यक्षको तर्फ बाट हार्दिक स्वागत गर्न चाहान्छु । रैनादेवी छहरा गाउँपालिकाको आगामी आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अवसर प्राप्त भएकोमा म आफुलाई असाध्यै भाग्यमानी ठानेको छु ।
गाउँसभा सदस्यज्यूहरु एवम् उपस्थित महानुभावहरु,
म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष सम्वोधन गरिरहँदा जनताको जीवन रक्षा र मुलुकको आर्थिक–सामाजिक जीवनको प्रश्नले अत्यन्त गम्भीर भएको छु । जनता र राज्य मिलेर नै हरेक प्रकारका चुनौती र संकटबाट पार पाउन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले तीन तहको शासन प्रणलीका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरेका हौं ।
सात दशक लामो नेपाली जनताको संविधान आफैले लेख्ने सपना बमोजिम नेपालको संविधान जारी भएको अवस्था हामी सबैलाई सर्वविदितै छ । यो सपनामा धेरै सहिदहरुको बलिदान आम नेपाली जनताको त्याग, विभिन्न राजनैतिक जन आन्दोलन तथा सशस्त्र संघर्षका उपलब्धिहरु इतिहासका पानामा रहेका छन् । नेपालीहरुको सपना बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचनामा हाल तिन तहको सरकारको उपस्थितिले जनतामा विकास निर्माण तथा दैनिक सेवाप्रवाहमा छिटो छरितो तथा प्रभावकारी सेवामा जोड दिंदै आएको छ । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले संविधानले तोके बमोजिम आ(आफ्नो क्षेत्रबाट सेवा प्रवाह, विकास निर्माण, आपसी सम्बन्ध सुमधुर गर्दै सबै नेपाली जनतामा सरकारको अनुभुति दिलाउन सफल भएको अवस्था विद्यमान छ । नेपाली जनता सुखि र खुसी तथा समृद्ध देशको नागरिक हौं भन्ने भावनाको विकास गर्न अहिलेको अवस्थाबाट हामी सबै राजनीतिक दल, जनता, संचार क्षेत्र, कर्मचारी सबैको साथ सहयोग र एकताले नै समृद्धि हासिल गर्ने बाटोमा अगाडि बढ्नु छ । अहिलेको अवस्थामा सबैले जनतानै केन्द्र विन्दुमा राखेर विकास निर्माणको काममा हातेमालो गर्नु छ । यसको विपरित गएर इतिहास विर्सेर नेपाली जनताको त्याग, शहिदको बलिदानी विर्सेर कोही कतै पनि व्यक्तिगत हित, राजनैतीक लाभतर्फ केन्द्रित हुन पुग्यो भने त्यसले समग्र देशलाई नै अहित हुने र राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकतामा खलल पुग्ने निश्चित छ ।
रैनादेवी छहरा गाउँपालिकाको सन्दर्भमा पनि हामी सबै जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, समाजसेवी र सञ्चार क्षेत्र लगायतको एकताले नै रैनादेवी छहरा गाउँपालिकालाई अहिलेको अवस्थाबाट समृद्ध गाउँपालिका बनाउन तथा यहाँको जनताको तिब्र रुपमा सामाजिक, आर्थिक लगायत समग्र पक्षको विकास गर्नमा सहयोग पुग्नेछ ।
विकासको क्रममा पछाडी परेका वर्ग तथा समुदायलाई विकासको मूलप्रवाहमा ल्याउने, उत्पादनशील क्षेत्रमा लगानी अभिबृद्धि गरी आर्थिक गतिविधिहरुको माध्यमद्वारा रोजगारीको अवसर श्रृजना गर्ने, कृषि क्षेत्रको व्यावसायीकरण र आधुनिकीकरण गर्ने, सुशासन प्रर्वद्धन गरी सेवाप्रवाहमा प्रभावकारीता कायम गर्र्नेे, पर्यटन विकासबाट प्राप्त लाभ लिई सवै क्षेत्रसम्म पु¥याउने, वनजंगलको संरक्षण गर्दै वातावरणीय सन्तुलनलाई कायम राख्ने, भौतिक पूर्वाधारको विकासमा लगानी वृद्धि गर्ने तथा सामाजिक विकासलाई संस्थागत गरी अपेक्षित विकासको प्रतिफल हासिल गर्ने एवं आन्तरिक आयको दायरालाई फराकिलो बनाउने र आन्तरिक ब्यवस्थापनलाई सुशासनमैत्री बनाई संस्थागत सुदृढिकरण गर्ने तथा नेपालको संविधानको अनुसुची ८ मा व्यवस्था भए वमोजिमका कानून निर्माण तथा कार्यान्वयन गरी आत्मनिर्भर उन्मुख हुनुपर्ने समग्र चुनौतीहरु हाम्रो सामु विद्यमान रहेका छन् ।
त्यसै गरी, अनेकन चुनौती हुँदाहँुदै पनि हामीसँग प्रशस्त संभावनाहरु पनि रहेका छन् । प्राकृतिक श्रोत र साधनले भरीपूर्ण, दालचिनी, अम्रीसो, अदुवा, नगदे बाली आदिको उत्पादन, चुनढुंगाको खानी, मगर कला र संस्कृती, वन, श्रममा रमाउने परिश्रमी र श्रमजिवी जनता, सडक संजाल विस्तार गरी अन्तर जिल्ला जोड्ने सडक जोड्ने छोटो वाटो, स(साना जलविद्युतको संभावना भएको रैनादेवी छहरा र समग्र विकास निर्माणको लागि रैनादेवी छहरा गाउँपालिकाबाट पारित भएका ऐन, कानून र उक्त ऐन कानून अनुसार सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिने चुस्त कर्मचारी संयन्त्र र अभिभावकको भूमिका निर्वाह गर्ने निर्वाचित जनप्रतिनिधिहरु हाम्रो विकासको संभावना हुन् । यिनै सम्पूर्ण संभावनालाई आत्मसात गर्दै रैनादेवी छहरा गाउँपालिकाको विकास निर्माणमा सवैको साथ र सहयोग अपरिहार्य रहेको छ ।
स्थानीय तहहरुको विकासको अपेक्षित उद्देश्यहरु हासिल गर्न जन निर्वाचित प्रतिनिधिहरुको कुशल नेतृत्व अति नै आवश्यक भए वमोजिम नेपालको संविधान २०७२ ले स्थानिय सरकारको परिकल्पना गरे अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात जनताको जनमतले हामी निर्वाचित भई यस रैनादेवी छहरा गाउँपालिकाको नेतृत्व सम्हाल्न आइपुगेका छौं । समग्र गाउँपालिकाको विकास निर्माणमा सहयोग गर्ने राजनीतिक दल, कर्मचारी प्रशासन, सामाजसेवी, बुद्धिजीवी, नागरिक समाज, निजि क्षेत्र, गैर सरकारी क्षेत्र र पुर्व जनप्रतिनिधि तथा आम जनसमुदायको रचनात्मक एवं सिर्जनात्मक सहयोगको लागि म सवै प्रति हार्दिक कृतज्ञता प्रकट गर्र्दै आगामी दिनमा समेत हामी जनप्रतिनिधिलाई यस्तै निरन्तर सहयोगको अपेक्षा गर्दछु ।
“उज्यालो रैनादेवी, समृद्द रैनादेवी, धार्मीक र खेलकुद पर्यटनको गन्तव्य रैनादेवी” भन्ने नारालाई आत्मसात गर्दै रैनादेवी छहरा भित्रका नागरिकहरुलाई समृद्ध र आत्मनिर्भर बनाउन हामी जननिर्वाचित सम्पूर्ण प्रतिनिधिहरु फुटेर होइन जुटेर, वहुमतिय हैन सहमतिय अभ्यासवाट विकास निर्माणमा एकजुट भई अगाडि बढ्ने प्रण गरौं ।
गाउँपालिकाको दीर्घकालीन साँेचः
रैनादेवी छहरा गाउँपालिकावासीको आयवृद्धि, आत्मनिर्भर जनता, गुणस्तरीय सामाजिक पुँजी निर्माण र आर्थिक जोखिम न्यूनीकरण गर्दै वि.सं. २०८५ सम्म अति कम विकसित गाउँपालिकाबाट विकाससील रैनादेवी छहरा गाउँपालिकामा स्तरोन्नित गर्ने ।
.
योजना तर्जुमाका आधारहरु
ड्ड नेपालको संविधान,
ड्ड स्थानीय सरकार संचालन ऐन, २०७४
ड्ड नेपाल सरकार आ.व ०७९।०८० को नीति तथा कार्यक्रम
ड्ड राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
ड्ड संघ र प्रदेशको आवधिक योजना
ड्ड दिगो विकासका लक्ष्यहरु
ड्ड स्थानीय स्रोत साधन
ड्ड संघ, प्रदेश र स्थानीय तहले जारी गरेका नीति, कानून तथा मापदण्डहरु
ड्ड अघिल्लो गाउँपालिकाले बनाएका नीति, लिएका लक्ष्य र स्थानीय सरकारका प्राथमिकता
आगामी आ.व.को लागि तय गरिएका प्राथमिकताका क्षेत्रहरुः
ड्ड आत्मनिर्भर हुने गरी कृषि तथा पशुजन्य उत्पादनमा व्यवसायमुखी तथा स्वरोजगारमुखी कार्यक्रमहरु,
ड्ड मानवीय विकास नै समग्र विकासको आधार भएको हुनाले शिक्षा र स्वास्थ्य क्षेत्र,
ड्ड स्थानीय भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरु
ड्ड गरिबी निवारण, पूर्ण सरसफाई तथा लैंगिक तथा समावेशी विकासका कार्यक्रमहरु
ड्ड महिला बालबालिका तथा पिछडिएको क्षेत्रका समुदायलाई प्रत्यक्ष लाभ पु¥याउने कार्यक्रम,
ड्ड दीगो विकास, वातावरणीय संरक्षण तथा सम्बद्र्धन गर्न सघाउ पुर्याउने कार्यक्रम,
ड्ड स्थानीय स्रोत साधन र सीपको उच्चतम प्रयोग गरी रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु ।
गाउँसभा सदस्यज्यूहरु एवम् उपस्थित महानुभावहरु,
आ.ब. २०७९÷०८० का लागि रैनादेवी छहरा गाउँपालिकाको समग्र विकास नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।
१.आर्थिक विकासः
(क) कृषि तथा पशु विकास नीतिः
ड्ड कृषि क्षेत्रलाई वडास्तरबाटै प्राथमिकीकरण गरी वडास्तरमा बजेट विनियोजन गराइनेछ ।
ड्ड समग्र रैनादेवी छहरा गाउँपालकिाको लागि आवश्यकताका आधारमा पायक पर्ने स्थानमा शित भण्डारको निर्माण गरिनेछ ।
ड्ड किसानका लागी किसानमैत्री र आधुनिक प्रविधि प्रयोगको उच्चतम प्रयोगमा प्रयोगमा जोड दिइनेछ ।
ड्ड मानव सृजीत र प्राकृतिक बिपद्का कारण आकस्मिक नोक्सानीका लागी कृषि राहत कोष र क्षतीपुर्तिको ब्यबस्था गरीने छ ।
ड्ड एक वडा एक उत्पादन कार्यक्रमलाई नियमित एवम् प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिनेछ ।
ड्ड कृषिउपज तथा पकेट क्षेत्र –सुन्तलाजात फलफूल, लोकल कुखुरा, बाख्रापालन, मौरी मह, बंगुर पालन, रैथाने बाली, मकै खेती, कोदा,े धान,दाल चिनी र अदुवा क्षेत्र) निर्धारण गरी उत्पादनमा जोड दिँदै उचित बजारीकरणको व्यवस्था गरिनेछ ।
ड्ड पशु उत्पादन तथा उत्पादकत्वमा बृद्धि ल्याउन खोर, गोठ र भकारो सुधार, कृत्रीम गर्भाधान तथा नश्ल सुधार कार्यक्रमलाई उच्च प्राथमिकतका साथ संचालन गरिनेछ ।
ड्ड अर्गानिक खेती प्रणालीलाई प्रबद्र्धन गर्दै कृषियोग्य जमिन संरक्षण सहित सिंचाईको व्यवस्था गरिनेछ ।
ड्ड पशुपालन तथा कृषि बालीको जोखिम न्युनिकरणको लागि व्यावसायिक कृषकहरुको लागि बाली तथा पशु बिमा गरिनेछ ।
ड्ड वडागत रुपमा सिमेन्ट पोखरी निर्माण तथा व्यवस्थनपनलाई जोड दिईनेछ ।
ड्ड कृषि यान्त्रीकरणमा ५० प्रतिशत तथा कृषिजन्य उत्पादित बस्तुको सामग्रीमा ७५ प्रतिशत अनुदानको व्यवस्था मिलाईनेछ साथै उत्पादित बस्तुको बजारिकरण र व्यावसायीकरणको लागि आवश्यक प्रणालीको निर्माण गरिनेछ ।
ड्ड कृषि तथा पशुपालनका लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमको दायरा बढाई निरन्तर लागु गरिनेछ ।
ड्ड रैनादेवी छहरा गाउँपालिकालाई मासु, अण्डा, दुध र तरकारीमा आत्मनिर्भर गाउँपालिका बनाउनमा कृषकलाई प्रोत्साहनका कार्यक्रम लागु गरिनेछ ।
ड्ड विपन्न वर्गका कृषकहरुलाई दाल चिनी , पुरानो कोदो, उखु, अदुवा खेतितर्फ प्रोत्साहन गर्दै सहकारी मार्फत विक्री वितरण गर्ने प्रबन्ध मिलाईनेछ ।
ड्ड पशु पलानलाई निश्चित क्षेत्र तोकी डाले तथा भुई घाँस खेती अनिवार्य गराईनेछ ।
ड्ड कृषिलाई व्यावसायिक बनाउन माटो परिक्षण र कृषि सूचना उपलब्धताको लागि आवश्यक संयन्त्र निर्माण गरिनेछ ।
ड्ड बाँझो जग्गामा माटो तथा स्थानीय हावापानी सुहाउँदो खेती, फलफुल तथा वृक्षारोपण अनिवार्य गराईनेछ ।
ड्ड कृषि एम्बुलेन्स सेवाको व्यवस्था गरिनेछ ।
ड्ड सहकारी मार्फत मलखाद वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
ड्ड किसानहरुलाई उन्नत जातको बोका वितरण, व्यावसायीक बाख्रापालन, तरकारी खेती गर्ने किसानहरुलाई बिशेष अनुदान उपलब्ध गराइने छ ।
ड्ड रैनादेवी छहरा गाउँपालिकाको केन्द्रमा कृषि उपज संकलन एवम् विक्री वितरणको लागि एक संकलन केन्द्र स्थापना गरिनेछ ।
ड्ड बैँक तथा वित्तिय सँस्थाहरुसँगको सहकार्यमा सुलभ कर्जा प्रवाहको व्यवस्था मिलाइने छ ।
ड्ड गाउँपालिका भित्रका सम्पूर्ण कृषि सडकहरूको डिपिआर तथा कालोपत्रे योजनाका लागि आवश्यक पहल गरिनेछ ।
(ख) घरेलु तथा साना उद्योग तर्फको नीति ः
ड्ड स्थानीय स्तरमा लोपोन्मुख सीपहरुको खोजी गरी संरक्षण तथा प्रवद्र्धनको लागि सीप विकासका तालिमहरु संचालन गरिने छ ।
ड्ड नयाँ व्यवसाय प्रवर्धनका लागि नवीन क्षेत्रहरुको पहिचान गरी उद्यमशिलता सम्वन्धित तालिमका कार्यक्रमहरु संचालन गरिनेछ । जस्तै अकबरे खुर्सानीका अचार, टिमुरको छोप, तेजपत्ताको मसला, गुन्द्रुक, बेसार आदि ।
ड्ड जिल्ला घरेलु कार्यलयसँगको समन्वयमा घरेलु उद्योग सम्बन्धी कार्यक्रमहरु साझेदारी तथा सहकार्यमा सञ्चालन गरिनेछ ।
ड्ड परम्परागत रुपमा सञ्चालन गरिँदै आएका आरनघर, सिलाईकटाई, जुत्ता चप्पल सिलाई, डोका,े नाम्लो निर्माण लाई सुधार गर्दै व्यावसायिकता लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
ड्ड गाउँपालिका भित्र सञ्चालनमा आएका व्यवसाय व्यापार उद्योगलाइ दर्ता गरी करको दायरामा समेटिनेछ ।
ग) पर्यटन नीति ः
ड्ड पर्यटन गुरुयोजना बनाउँदै धार्मिक तथा पर्यटकीय स्थलहरु क्रमशः निर्माण गर्दै लगिनेछ ।
ड्ड रैनादेवीका सीमाक्षेत्र पर्ने स्थानहरुमा मौलिक कला र संस्कृती प्रस्तुत हुने खालका प्रवेशद्धारहरु निर्माण गरिनेछ ।
ड्ड पर्यटकीय क्षेत्रको रुपमा रैनादेवी मन्दिर गोखुङ्गा, तिलकथान, बल्डेङगढी, सोमादीको दह र देलुङ्गा जस्ता ठाउँहरुलाई रमणीय, मनमोहक र अझ सुन्दर बनाउने कार्यमा विशेष ध्यान दिई तत्काल सुरुवात गरी क्रमागत रुपमा अघि बढाइनेछ । रैनादेवी छहरा गाउँपालिकाका आठ वडाका विशेष आठ वटा पर्यटकीय क्षेत्र घोषणा गरी डि.पि.आर. तयार गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिनेछ ।
ड्ड पालिकाभित्रका देवालयहरुको निर्माण, पुनःनिर्माण, सबलिकरण एवम् संरक्षण गरिनेछ ।
ड्ड स्थानीय कला र संस्कृतिको धनी यस गाउँपालिकाका पुरानो भेषभुषा, ठुलो नाच, स्थानीय उत्पादनको खाना, ढिँकी, जाँतो तथा संरक्षण र निर्माण कार्यमा आर्थिक सहयोग दिइनेछ ।
ड्ड स्थानीय लोक संस्कृतिको जगेर्ना गर्न ठूलो नाँच, घाटु नाँच, कौडा नाँच, झ्याउरे नाँचको पालिका स्तरीय प्रदर्शन र प्रतियोगितामा जोड दिइनेछ । साथै होम स्टे सञ्चालनका निम्ति आवश्यक पहल गरिनेछ।
ड्ड गाउँपालिकास्तरीय मेला पालिकाको आयोजनामा हरेक बर्ष गरिनेछ । जसले स्थानीय उत्पादनको बजारीकरण गर्न र पर्यटनमा थप टेवा पुग्ने सोच रहेको छ ।
ड्ड निनीचौर झरना र जलुके झरनालाई तथा विभिन्न गुफाहरुको पनि संरक्षण गरनिेछ ।
(घ) सहकारी
ड्ड सहकारी एकीकरण अभियान प्राथमिकताका साथ लागु गरिनेछ ।
ड्ड कृषि तथा पशु तर्फका कार्यक्रमहरु सहकारी मार्फत सञ्चालन गर्ने प्रबन्ध मिलाइनेछ, साथै स्थानीय स्तरमा रोजगारी सिर्जना गरी गरीबी निवारणमा सहयोग पु¥याइनेछ ।
ड्ड गाउँपालिका स्तरीय सहकारी समन्वयन समितिद्धारा सहकारी संस्थालाई अझ व्यबहारिक, सरलीकरण तथा प्रभावकारी बनाउदै संचालन गरिनेछ ।
ड्ड सहकारी संस्था संचालनमा आइपर्ने समस्याहरु समाधान गर्न व्यवस्थापन तथा लेखा सम्बन्धी सहकारी तालिमलाई निरन्तरता दिइनेछ ।
ड्ड गाउँपालिका भित्रका सहकारीहरुको असल अभ्यास आदान प्रदानको लागि पालिकास्तरको समन्वय समिति स्थापना गरिनेछ र अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
ड्ड विपन्न वर्गहरुको पहिचान गरी सहकारी मार्फत बिना धितो ऋण दिने व्यवस्था मिलाइनेछ ।
ड्ड सहकारीहरुको एकिकृत विवरण तयार गरी सहकारी प्रोफाइल तयार गरिनेछ ।
ड्ड गाउँपालिका भित्रका सहकारीहरुलाई अनुगमन र नियमित प्रतिवेदन पेश गराउन सहकारी ऐन एवम् नियमावलीको पूर्ण कार्यान्वयनमा जोड दिइनेछ ।
ङ) वित्तीय क्षेत्र
ड्ड वित्तीय क्षेत्रमा काम गर्दै आएका यस रैनादेवी छहरा गाउँपालिका भित्रका ’घ’ वर्गका लघुवित्त एवम् अन्य संघ संस्थाहरुलाई कानूनी दायरामा ल्याइनेछ । साथै उक्त संस्थाहरुको सुशासन कायम गराउन जोड दिइनेछ ।
ड्ड गाउँपालिकामा सञ्चालन भएका लघुवित्त एवम् अन्य वीत्तिय कारोबार गर्ने संस्थाहरुलाई दर्ता एवम् सूचिकृत गर्ने व्यवस्था मिलाइनेछ ।
ड्ड लघुवित्त संस्थाले आफ्नो कारोबार तथा समूह गठन गर्दा गाउँपालिका वा वडा कार्यालयलाई जानकारी हुनुपर्ने गरी आवश्यक कानूनी व्यवस्था मिलाइनेछ ।
गाउँसभा सदस्यज्यूहरु,
२.सामाजिक विकास तर्फ
(क) शिक्षा
ड्ड विद्यालय क्षेत्रको पठन पाठनमा विशेष रुपमा नैतिक शिक्षालाई जोड दिईने छ ।
ड्ड सामुदायिक बिद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेका जेहेन्दार छात्र र छात्राका लागि प्राविधिक धार तर्फका विषय अध्ययनका लागि गाउँपालिकाबाट थप छात्रवृत्ति प्रदान गरी उक्त संख्या समेत थप गरिनेछ ।
ड्ड गाउँ शिक्षा ऐन तथा कार्यविधि तयार गरी आवश्यकता र औचित्यका आधारमा विद्यालय समायोजन एवम् एकीकरण तथा शिक्षक दरबन्दी मिलान गरिनेछ ।
ड्ड शिक्षक दरबन्दी मिलान गर्दा पनि संचालित कक्षा, शिक्षक विद्यार्थी अनुपातका आधारमा शिक्षक न्यून भएका विद्यालयहरुमा शिक्षक अनुदानको व्यवस्था गरिनेछ ।
ड्ड शिक्षामा पहुँच, टिकाउ र गुणस्तर सुधारको सुनिश्चिततामा जोड दिइनेछ ।
ड्ड विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको कार्यान्वयनलाई व्यवस्थित गरिनेछ । स्वास्थ्य शिविर, घुम्ती क्लिनिक, प्राथमिक उपचार, औषधि बाकस व्यवस्थापनलाई सुढृढ बनाइनेछ ।
ड्ड दिवा खाजा कार्यक्रम थप व्यवस्थित रुपमा लागू गरिनेछ । आवश्यकताका आधारमा विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड व्यवस्थापनको सुनिश्चितता गरिनेछ ।
ड्ड विद्यालयको सर्वपक्षिय सुधारका निम्ति विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघका पदाधिकारीसँग विद्यालय शिक्षा सुधारका लागि नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ । प्र.अ.का लागि व्यवस्थापकीय, प्रशासनिक र नेतृत्व क्षमता विकास तालिम, शिक्षकका लागि पेशागत क्षमता र विषयगत तालिम, क्ष्ऋत् तालिम सञ्चालन गरिनेछ । अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड विद्यालय निरीक्षण, अनुगमन तथा मूल्याङकन र कक्षा अवलोकनलाई प्रभावकारी बनाइनेछ ।
ड्ड नमुना विद्यालय अवलोकन भ्रमण, विद्यालयहरुको आन्तरिक भ्रमणको लागि आवश्यक व्यवस्था गरिनेछ ।
ड्ड विद्यालयलाई दिगो विकासमा बगैंचा, फूलबारी, करेसाबारी निर्माण एवम् व्यवस्थापनमा जोड दिइनेछ ।
ड्ड विद्यालयमा शैक्षिक सामग्री व्यवस्थापन, निर्माण र प्रयोगलाई जोड दिइनेछ । शैक्षिक प्रदर्शनिको लागि आवश्यक व्यवस्था गरिनेछ ।
ड्ड विद्यालयमा भौतिक पूर्वाधार विकास र विस्तार, भूर्इं बसाइको व्यवस्थापन, क्ष्ऋत् को पहुँच र विस्तारलाई निरन्तरता दिइनेछ । इन्टरनेट र कम्प्यूटरको व्यवस्थापनमा विशेष ध्यान दिइनेछ ।
ड्ड बिषयगत, कक्षागत, तहगत सिकाइ उपलब्धि सुधार गर्न जोड दिइनेछ ।
ड्ड निःशुल्क शिक्षालाई सुनिश्चित गरिनेछ । छात्र र छात्राका लागि छुट्टै शौचालय निर्माण गरिनेछ ।
ड्ड उत्कृष्ट नतिजा हासिल गर्ने, गराउने विद्यालय, शिक्षक, विद्यार्थीलाई पुरस्कृत गरिनेछ ।
ड्ड प्राविधिक धार अध्ययन गर्न विधार्थीहरुलाई प्रोत्साहन गरिनेछ ।
ड्ड स्थानीय पाठ्यक्रमको निर्माणमा आवश्यकतका आधारमा परिमार्जन एवम् पाठ्यपुस्तक निर्माण कार्य सम्पन्न गरिनेछ ।
ड्ड विद्यालय र गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप, खेलकुद तथा बौद्घिक प्रतियोगिता सञ्चालन गरिनेछ ।
ड्ड शैक्षिक उत्सव तथा समारोह आयोजना गरिनेछ ।
ड्ड विद्यालयमा खेलकुद एवम् अतिरिक्त क्रियाकलाप प्रशिक्षणका लागि एक गाउँपालिकास्तरीय प्रशिक्षक नियुक्ति गरिने एवम् एक विद्यालय एक नर्स कार्यक्रम सुरुवात गरिनेछ ।
ड्ड आवश्यकता अनुसार बालकक्षा थप गरिनेछ।
ख० स्वास्थ्य नीति
ड्ड स्वास्थ्य संस्थाहरुबाट दिईने सेवाहरु प्रतिकारात्मक सेवा, प्रवर्द्धनात्मक सेवा, उपचारात्मक सेवालाई व्यवस्थित गर्दै लगिनेछ ।
ड्ड स्वास्थ्य सेवाका कार्यक्रमहरु निशुल्क रुपमा सर्वशुलभ तरिकाले जनताको पहुँच सम्म पुर्यावइनेछ ।
ड्ड यस पालिका भित्र प्रसूति सेवा लगायत स्वास्थ्य सेवा प्रदान गर्नको लागि भौतिक पूर्वाधार निर्माण गर्दै व्यवस्थित गर्दै लगिनेछ।
ड्ड गाउँपालिकालाई शुन्य होम डेलिभरी ९पूर्ण संस्थागत सुत्केरी० घोषणा कार्यक्रमको गर्नको लागि वडागत रुपमा घोषणा गर्दै लगिनेछ।
ड्ड यस पालिकालाई पूर्ण सरसफाई पालिका घोषणा गर्नको लागि वडाबाट पूर्ण सरसफाई कार्यक्रम संचालन गर्दै लगिनेछ ।
ड्ड आधारभूत स्वास्थ्य सेवाको पहुँच सम्म पुर्याउनको लागि नियमित मासिक रुपमा बाह्य खोपकेन्द्र र गाउँघर क्लिनिक संचालन गरिने छ । साथै हाल संचालनमा रहेका बाह्य खोप केन्द्र र गाउँघर क्लिनिक भवन चरणबद्दरुपमा निर्माण गर्दै तथा आवश्यक औजार तथा सामग्रीहरुको व्यवस्था गर्दै व्यवस्थित र सुदृढिकरण गर्दै लगिनेछ ।
ड्ड जेष्ठ नागरिक र अपांग भएका व्यक्तिहरुसँग अध्यक्ष कार्यक्रम संचालन गरिनेछ । ६८ बर्ष पुरा गरेका जेष्ठ नागरिक र रातो कार्ड पाएका अति अशक्त अपांगहरुलाई स्वास्थ्य कर्मीहरु घरमै गई बर्षको ४ पटक स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था गरिनेछ ।
ड्ड दिर्घरोगीहरु विशेषगरी उच्च रक्तचाप र मधुमेह ९सुगर० को आधारभूत औषधी एम्लोडिपिन ९ब्mयिमष्उष्लभ० र मेटफर्मिन ९ःभतायचmष्ल० निःशुल्क रुपमा वितरण गर्ने व्यवस्था गरिनेछ ।
ड्ड एम्बुलेन्स सेवाको विस्तार गरी प्रभावकारी ढंगले संचालन गरिनेछ ।
ड्ड गर्भवती, सुत्केरी र नवजात शिशुसँग उपाध्यक्ष कार्यक्रम संचालन गरिनेछ।
ड्ड प्रोटोकल अनुसार ४ पटक गर्भवती जाँच गराउन स्वास्थ्य संस्थामा आउदा संगै आउने महिला स्वास्थ्य स्वयं सेविकालाई विशेष भत्ताको व्यवस्था गरिनेछ। ९सुत्केरी हुन स्वास्थ्य संस्थामा नै आउनुपर्नेछ ०
ड्ड यस पालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुन आई रीफर गर्न परेमा निःशुल्क एम्बुलेन्स व्यवस्था गरिने छ ।पालिकाले आफ्नै एम्बुलेन्स संचालन गरेपश्चात यो कार्यक्रम लागु हुनेछ ।
ड्ड खोपको भण्डारण र गुणस्तर कायम राख्न कोल्डचेन सवसेन्टर स्थापनाको लागि अध्ययन तथा पहल गरिनेछ ।
ड्ड महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्दै क्षमता अभिवृद्दि कार्यक्रम संचालन गरिनेछ ।
ड्ड सबै स्वास्थ्य संस्थाहरुमा प्रभावकारी संचारको लागि आवश्यक व्यवस्था गरिनेछ ।
ड्ड स्वास्थ्य संस्थाहरुलाई सुदृढिकरण र व्यवस्थित गर्दै लैजानको लागि आवश्यक औजार तथा फर्निचरको व्यवस्था गरिनेछ ।
ड्ड औषधी आपूर्ती तथा भण्डारण व्यवस्थामा विशेष जोड दिईनेछ ।
ड्ड सबै स्वास्थ्य संस्थाहरुलाई अपांग मैत्री, बालमैत्री, किशोर किशोरी मैत्री बनाउदै लगिनेछ ।
ड्ड संघ, प्रदेश र अन्य निकाय तथा संघ संस्था संग समन्वय गरि स्थायी बन्ध्याकरण शिविर, तथा अन्य विशेषज्ञ शिविर संचालन गरिनेछ ।
ड्ड यस रैनादेवी छहरा गाउँपालिका पूर्णखोप युक्त पालिका घोषणा भैसकेको अवस्था रहेकोले पूर्णखोप सुनिश्चितता र दिगोपनाको लागि निरन्तरता दिने कार्यक्रम संचालन गरिनेछ ।
ड्ड पोषण कार्यक्रम अन्तरगत पोषण लेखाजोखा कृयाकलाप लाई अभियानको रुपमा संचालन गरी २४ पटक नियमित रुपमा बृद्दि९तौल० अनुगमन पुरा गर्ने, बालभिटा खुवाउने र राष्ट्रिय भिटामिन ए कार्यक्रममा भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने अभिभावकलाई पुरस्कृत गरिनेछ ।
ड्ड पोषणयुक्त वडा घोषणा गर्न ीष्लभ ीष्कतष्लन गर्ने र पूर्वाधार व्यवस्थापन गरिनेछ ।
ड्ड धुम्रपान, मध्यपान, सूर्तिजन्य र लागुपदार्थ दुर्व्यसनीलाई नियन्त्रण गर्दै स्वास्थ्य सचेतनाका कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड गाउँपालिकाको कार्यालयमा र सबै स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्षको स्थापना गर्दै लगिनेछ ।
ड्ड आधुनिक चिकित्सा प्रणाली ९एलोपेथिक० सँगसँगै अयुर्वेदिक चिकित्सा प्रणालीमा पनि ध्यान दिई यस पालिकामा भएका बहुमुल्य जडिबुटीहरुको अध्ययन तथा संरक्षणा गर्दै त्यसको उपभोग र उपयोगको बारेमा अध्ययन गरिनेछ ।
ड्ड योग शिविर नियमित संचालन गरिनेछ ।
ड्ड स्वास्थ्य चौकीहरुको आधुनिक भवन बनाउन बाँकी भवनहरु बनाउनको लागि पहल गरिनेछ ।
ड्ड विद्यालय स्वास्थ्य शिक्षा तथा विद्यार्थीहरुको परिक्षण कार्यक्रम संचालन गरिनेछ ।
ड्ड गर्भवती महिला लक्षित पोर्टेवल अल्ट्रासाउण्ड मेशिन तथा कार्यक्रम साचालनको अध्ययन गरिनेछ ।
ड्ड स्वास्थ्यका करार कर्मचारीहरुको तलब एवम् सुविधामा उचित सम्बोधन गर्दै लगिनेछ ।
ड्ड यस गाउँपालिका भित्रका १००० लक्षित घरपरिवारको निःशुल्क स्वास्थ्य विमाको कार्यक्रम सुरुवात गरिनेछ।
ड्ड संस्थागत सुत्केरी विमा कार्यक्रम, सामुदायिक स्वास्थ्य इकाई संचालन गरिने छ ।
ड्ड विश्वव्यापी महामारीको रुपमा फैलिरहेको ९कोभिड(१९० कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणमा गर्न सबै जनताका लागि कोभिड खोप पुर्ण रुपमा दिईने छ र आवश्यकता अनुसार स्वास्थ्य इकाइ राखिनेछ ।
ग) खानेपानी तथा सरसफाईतर्फ ः
ड्ड प्रत्येक टोलमा खानेपानी धारा निर्माण अभियान संचालन गरी एक घर एक धारा अभियान संचालन गरिनेछ ।
ड्ड खानेपानी को साथ साथै सरसफाई तथा पूर्ण सरसफाई कार्यक्रम संचालन गरिनेछ ।
ड्ड खानेपानी आयोजनालाई दिगो र टिकाउ बनाउनको लागि समूदायलाई योजना हस्तान्तरण गरी समूदायबाट नै मर्मत संभारको व्यवस्था मिलाइनेछ ।
ड्ड खानेपानी नपुगेका टोल र बस्तीहरुमा लिफ्टिङ तथा ग्राभिटी मार्फत खानेपानीको व्यवस्था गरिनेछ ।
ड्ड ठूला खानेपानीका आयोजना निर्माण र सम्पन्न गर्नका लािग संघ वा प्रदेश सरकार समक्ष आवश्यक पहल गरिनेछ ।
ड्ड फोहर मैला व्यवस्थापन गर्न प्रत्येक वडामा फोहर मैला विर्सजन स्थल निर्माण गरिनेछ तथा गाउँपालिका स्तरमा ल्यान्ड फिल साईट निर्माणका लागि जग्गा प्राप्ति र डिपीआर को काम अगाडी बढाइनेछ ।
ड्ड खानेपानी तर्फ गत आ.व. मा विनियोजन गरिएका योजना सम्पन्न गर्न एक घर एक धारा कार्यक्रमको सफलता नजिक छौँ । त्यसका लागि थप बजेट बिनियोजन गरिनेछ र सो कार्य सम्पन्न गर्नको लागि उच्च प्राथमिकतामा राखिनेछ ।
ड्ड रैनादेवी छहरा गाउँपालिका अन्तर्गतका भट्टे लिफ्ट र नेपाने लिफ्ट योजनाहरु पूर्णरुपमा सम्पन्न गरिनेछ।
घ) संस्कृति प्रवद्र्धन
ड्ड यहाँको भाषा, कला, परम्परालाई जीवन्त बनाउन भाषा र संस्कृतिको संरक्षण गरिनेछ ।
ड्ड कौडा नाँच, घाटु नाँच लगायतका अन्य नाँच तथा पञ्चेबाजा, गीत संगितहरुको वार्षिक रुपमा प्रतियोगिता संचालन गरीनेछ ।
ड्ड धार्मिक तथा सांस्कृतिक सम्पदालाई व्यवस्थित गर्दै विभिन्न मठ, मन्दिर, गुम्बा, विहार तथा गिर्जाघर स्थापनामा जोड दिइनेछ । यहाँको ऐतिहासीक राना नाच तथा संस्कृतीलाई बचाई राख्न वडा स्तरीय प्रतियोगिता गरीनेछ ।
ड्ड रैनादेवी छहरा गाउँपालिकाको धार्मीक एवम् पर्यटकीय स्थल रैनादेवी मन्दिरको संरक्षण एवम् स्तरोन्नतिका लागि विशेष पहल गरिनेछ ।
ङ) खेलकुद तथा मनोरञ्जन
ड्ड गाउँपालिकास्तरको खेलमैदानको स्तर अझ विस्तार गर्न केन्द्र सरकारसँग पहल गरिनेछ ।
ड्ड राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
ड्ड एक वडा एक बाल उद्यान वा खेल मैदान कार्यक्रम सुरुवात गरिनेछ ।
ड्ड युवासँग उपाध्यक्ष कार्यक्रमको सुरुवात गरी पालिकास्तरमा विभिन्न खेलाडीहरु तयार गरी देशले गर्व गर्न लायक खेलाडीहरु तयार गरीनेछ ।
ड्ड गाउँपालिकास्तरीय खेलकुद विकास समितिको स्थापना गरी खेल क्षेत्रको प्रवर्धन गरिनेछ ।
ड्ड गाउँपालिका भित्रका प्रतिभावान खेलाडीलाई उच्च शिक्षा एवम् खेलको विकासका लागि प्रोत्साहन कार्यक्रम गरिनेछ ।
च) सामाजिक समावेशिकरण सम्बन्धी नीति
ड्ड महिलाहरुको सीप विकास, क्षमता विकास, नेतृत्व विकास, आयआर्जन तथा महिला सशक्तिकरणमा जोड दिदै प्रत्येक योजनाको कार्यान्वयनमा महिला सहभागीता अनिवार्य सुनिश्चित गरीनेछ ।
ड्ड किशोरी लक्षित यौन दुव्र्यवहार विरुद्ध सचेतना मुलक कार्यक्रम, बालविवाह र बहुविवाह तथा यसले पार्ने नकारात्मक असर बारे वडा स्तरीय कार्यक्रम संचालन गरीनुको साथै शिक्षामा विशेष जोड दिईनेछ ।
ड्ड महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनको लागि विभिन्न तालिमहरुको साथै स्थानिय स्तरमा अत्यधिक मात्रामा उत्पादन गर्न सकिने वस्तुहरुको तालिम सञ्चालन गरिनेछ । गाउँपालिकाले यस्ता उत्पादित वस्तुहरुको बजारीकरणका लागि आवश्यक व्यवस्था गर्नेछ ।
ड्ड कुनै पनि समाज वा हरेक क्षेत्रको विकासका लागि महिलाहरुको भूमिका मुख्य रुपमा रहन्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै महिलाहरुलाई व्यक्तिगत तथा पारिवारीक सरसफाई साथै वित्तिय अभिमुखिकरण कार्यक्रम संचालन गरीनेछ ।
ड्ड एकल महिलाहरुको लागि क्षमता विकास र आर्थिक विकास वृद्धि गराउन मागमा आधारीत कार्यक्रम लागू गरिनेछ ।
ड्ड बालबालिका तथा महिलाहरुको विभिन्न दिवस समारोह तथा अभियानका कार्यक्रमहरु संचालन गर्नै व्यवस्था मिलाईनेछ ।
ड्ड लैंगिक विभेद तथा सबै प्रकारका कुरिती तथा कुसंस्कार को अन्त्यका लागि सामाजिक रुपान्तरणको अभियान मुलक कार्यक्रम संचालन गरिनेछ ।
ड्ड बावु आमा तथा अभिभावकको मुुत्यू भई वा अन्य कारणले असहाय भएका बालवालिकाको उद्धारका लागि विशेष योजना सञ्चालन गरिनेछ ।
ड्ड बालमैत्री गाउँपालिकाको विकासको लागि भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री बनाइनेछ ।
ड्ड जेष्ठ नागरिकहरुको अनुभवलाई सम्मान गर्दै जेष्ठ नागरिकहरुको अनुभव भोगाई र सिकाईलाई सामाजिक विकासको क्षेत्रमा लगाईनेछ । पालीकाकेन्द्रमा जेष्ठ नागरीक पार्क निमार्ण गरीने छ । ज्येष्ठ नागरिकहरुलाइ सार्वजनिक यातायातमा भाडा छुट सम्बन्धमा अनुगमन गरी सोको कार्यान्वयनका लागि विशेष पहल गरिनेछ ।
ड्ड अपांगता भएका व्यक्तिहरुको शिक्षा स्वास्थ्य, मनोरञ्जन, खेलकुद, रोजगारी, र आय आर्जनका लागि विशेष कार्यक्रम संञ्चालन गरिनेछ साथै ग वर्गका अपाङ्गता भएका व्यक्क्तिहरुलाई सहायताको व्यवस्था मिलाइनेछ।
ड्ड वितरीत अपांग परिचयपत्रका आधारमा क वर्गका अपांगहरुलाई पोषिलो खानेकुरा वितरण साथै बाँकि अपांगहरुका लागि लक्षित सीपमूलक वा स्वरोजगार मूलक तालिम कार्यक्रमको व्यवस्था गरीनेछ ।
ड्ड घरेलु एवं सामाजिक हिंसा विरुद्ध र संविधान प्रदत्त मौलिक हकहरुको कार्यान्वयनका लागि आवश्यक पहल गरिनेछ ।
ड्ड दलित, अल्पसंख्यक, सिमान्तकृत, पिछडीएका वर्गहरुको परम्परागत सिप एवम् पेशालाई समयानुकुल परिवर्तन गरी पेशागत सुधारका लागि आवश्यकता अनुसार विभिन्न प्रविधिहरु उपलब्ध गराई स्वरोजगार हुन प्रेरित गरिनेछ । साथै नयाँ एवम् पुनर्ताजगी तालिमलाई निरन्तर दिइनेछ ।
ड्ड नेपालको संबिधान अनुरुप कुनै पनि स्थानमा कुनै पनि व्यक्तिलाई छुवाछुत तथा भेदभाव हुन नदिन आवश्यक कानूनी व्यवस्था मिलाईनेछ ।
ड्ड लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागी बिशेष कोष स्थापना गरिनेछ ।
ड्ड सामाजिक सुरक्षा भत्ता बैङक तथा वित्तीय संस्थाहरुसँगको समन्वयमा वडास्तरमा उपलब्ध गराउनका लागि शिविर सञ्चालन गर्ने नीति अवलम्बन गरिने छ।
ड्ड आदिवासी जनजाति आयोगबाट सिफारिस भइ आएका नीति तथा कार्यक्रमको कार्यान्वयनको व्यवस्था मिलाइनेछ ।
छ) दलित समुदाय सम्बन्धी नीति
ड्ड दलित प्रतिनिधिहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड जातीय छुवाछुत विरुद्दको राष्ट्रिय दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै छुवाछुतमुक्त समाज निर्माणको लागि अघि बढिनेछ ।
ड्ड दलित समुदायका बालबालिकाको शिक्षामा पहँुच तथा गुणस्तर अभिवृद्दि गर्न दलित जेहेन्दार छात्रवृत्ति प्रदान गरिने छ ।
ड्ड विपन्न दलित वर्गलाई लक्षित गरी आयआर्जनको कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड अन्तर जातीय विवाह गरेका दम्पतिहरुलाई पारिवारीक पुनःमिलनको व्यवस्था मिलाइनेछ ।
ड्ड जातीय छुवाछुत जस्तो कुप्रथाको अन्त्यका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड दलित वर्गको सशक्तिकरण तथा अध्ययन अवलोकन कार्यक्रम सञ्चालन गरिनेछ ।
ज) युवा तथा स्वरोजगार
ड्ड विदेश पलायनको क्रमलाई रोक्न उत्पादनमूखी, व्यवसायमूखी तथा रोजगारमुखी कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड मादकपदार्थ सेवन, धुम्रपान, मद्यपान तथा दुव्र्यसन तर्फ लाग्न नदिन यूवा लक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड १०० युवा उद्यमी बनाई पालिकाले पहिचान दिने कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरी कोभिडका कारण समस्यामा परेका, बिदेशबाट फर्किएका युवालाई उद्यमी बनाउन पहल र योजना निमार्ण गरिनेछ ।
ड्ड विभिन्न गैर सरकारी संस्थाहरुसँग आवश्यक समन्वय र साझेदारीमा कृषि, पशु लगायतका परियोजनाहरु सञ्चालन गरिनेछ।
झ) न्यायिक समितिको क्षमता विकासः
ड्ड न्यायिक समितिको कार्य सम्पादनलाई सहज बनाउनको निम्ति न्यायिक समितिका पदाधिकारीहरुलाई कानूनी तालिम संचालन गरिनेछ ।
ड्ड प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना पश्चात सोही केन्द्रबाट विवाद निरुपण गर्ने व्यवस्था मिलाइनेछ ।
ड्ड न्यायिक समितिले निरुपण गर्ने अधिकार क्षेत्रहरुको विवादका विषयहरु प्रत्येक वडा कार्यलयहरुमा टाँस गरी प्रचार प्रसार गरिनेछ ।
ड्ड न्यायिक समितिलाई विवाद निरुपणको निम्ति इजलास कक्ष र भौतिक व्यवस्थापन गरिनेछ ।
ड्ड न्यायिक समितिलाई विवाद निरुपणको लागि सहयोग गर्न कानूनी परामर्शका लागि जनशक्तिको व्यवस्थापन गरिनेछ ।
गाउँसभा सदस्यज्यूहरु,
३. पूर्वाधार विकास
क) सडक, पुल तथा झोलुङ्गे पुलः
ड्ड सडकको उपयोगिता र प्रभावकारिताको आधारमा वर्गीकरण गरी क, ख र ग स्तर निर्धारण गरिनेछ । जसको लागि केन्द्रिय मापदण्डलाई आधार बनाइनेछ ।
ड्ड सवै वडामा निर्वाधरुपमा वस सेवा संचालनको लागि बाटो स्तरोन्नति गरिनेछ ।
ड्ड गाउँपालिकाभित्र आवश्यक मोटरेवल पुल निर्माणको लागि प्रदेश सरकार र केन्द्र सरकार समक्ष पहल गर्ने तथा म्एच् हुन बाँकी रहेको ठाउँहरुमा म्एच् गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।
ड्ड पक्की पुल निर्माण गर्न संघ सरकार तथा प्रदेश सरकार सँग आवश्यक पहल गरिनेछ ।
ड्ड झोलुङ्गे पुल आवश्यक भएका स्थानमा थप झोलुङ्गे पुल निर्माणको एवम् झोलुङ्गे पुल मर्मतका लागि संघीय सरकार समक्ष पहल गरिनेछ ।
ड्ड सालझण्डी,सुन्दरेढुँगा सातमुरे सडक कालो पत्र कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड काउले गहते सालझण्डी बाटो स्तरोन्नती गरिनेछ ।
ड्ड आगजनी नियन्त्रणका लागी बारुण यन्त्रको पहल संघिय सरकारसँग गरिनेछ ।
ड्ड एक आर्थिक वर्षमा सम्पन्न गर्न सकिने भौतिक पुर्वाधार र बहुवर्षीय योजनाहरुलाई वर्गीकरण गरिनेछ ।
ड्ड पालिकाको आफ्नै बस पार्क छहरामा निर्माण गरिनेछ ।
ड्ड रैनादेवी छहरा गाउँपालिका भित्रका सबै सडकहरु बाह्रै महिना सञ्चालनमा आउने गरी नाली निर्माण, ग्राभेल र मर्मत कार्यलाइ प्राथमिकताका साथ सञ्चालन गरिनेछ ।
ख) सिंचाई तर्फ ः
ड्ड सिंचाईको सुविधाबाट वञ्चित खेत तथा फाँटहरुमा आवश्यक बजेटको व्यवस्था गरी कृषि उत्पादनमा जोड दिइनेछ ।
ड्ड अपुरा रहेका सिंचाई योजनाहरुलाई निरन्तरता दिइनेछ ।
ड्ड मझौला तथा ठूला सिंचाई योजनाहरुको पहिचान गरी सिंचाई डिभिजन, प्रदेश सरकार र केन्द्र सरकारसँग अनुरोध गरिनेछ ।
ड्ड आवश्यक सिँचाईको प्रबन्ध मिलाउन संघ सरकार तथा प्रदेश सरकार संग समन्वयगरिनेछ ।
ड्ड पालीकाभित्रका सबै फाटमा सिँचाई पुर्याउने र बाँझा जग्गामा कृषि गर्नेहरुका लागि बिशेष योजना मार्फत सम्बोधन गरिने छ ।
ग) भवन तथा सहरी विकास
ड्ड सवै वडामा क्रमश सुविधा सम्पन्न सभाहल सहित वडा कार्यालय भवन निर्माण गरिनेछ ।
ड्ड गाउँपालिका भित्र नव निर्माण गरिने भवनहरुको लागि भवन सँहिता पालना गराउने र नक्सा पासको लागि आवश्यक कार्ययोजना निर्माण गरिनेछ ।
ड्ड गाउँपालिका क्षेत्रभित्रका जग्गाहरु अध्ययन, अनुगमन तथा वर्गीकरण गरी नयाँ न्यूनतम दर रेट कायम गरिनेछ ।
ड्ड हरेक वडामा बिशेष प्रकार एवम् पुरातात्विक महत्वका पुराना संरचना संरक्षणका लागी आवश्यक पहल गरिनेछ ।
ड्ड सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छाना विस्थापित कार्यक्रम केन्द्रिय सरकारको साझेदारीमा निरन्तरता दिँदै फुसको छाना मुक्त गाउँपालिका घोषणा गरिनेछ ।
ड्ड समूह सहकारीको माध्यमबाट सामूहीक उद्यशीलता कार्यक्रमलाई विशेष प्रोत्साहन गरी युवाहरूलाई स्वरोजगार बनाइनेछ।
घ) उर्जा, लघु तथा साना जलविद्युतः
ड्ड विद्युत लाइन विस्तार भएको वा नभएका ठाउँहरुमा आगामी आ.व. भित्र विद्युत बाल्न आवश्यक समन्वय गरिनेछ ।
ड्ड विद्युत उत्पादनको संभावनालाई ध्यान दिँदै संभाव्यता अध्ययनको लागि विभिन्न निकाय संग आवश्यक समन्वय गरिनेछ ।
ड्ड विद्युत कार्यालय तानसेन पाल्पाको समन्वयमा विद्युत महसुल तिर्नका लागि यसै रैनादेवी छहरा गाउँपालिकामा एक काउन्टरको व्यवस्था गर्न पहल गरिनेछ ।
ड्ड रैनादेवी छहरा गाउँपालिका भित्रका सम्पूर्ण काठका विद्युत पोलहरु विस्थापित गरी नयाँ स्टिल पोलहरुको व्यवस्थापन गरिनेछ ।
ड्ड रैनादेवी छहरा ३ को पटुवाचौर घाट देखि मर्याङदी खोलाबाट विद्युत उत्पादनका लागि सङ्घीय सरकारसँग समन्वय गरी उत्पादन कार्य अघि बढाइनेछ।
(ङ) सूचना तथा सञ्चार तर्फः
ड्ड प्रत्येक वडा तथा गा।पा मार्फत कर तथा शुल्कहरु कम्प्युटर बिलिङ्ग गरिनेछ ।
ड्ड सफ्टवेयर मार्फत पारिवारिक लगत संकलन गरि डिजीटल प्रोफाइल तयार गरिनेछ ।
ड्ड रोड इन्भेन्ट्री तयार गरी गा।पा भित्रका सम्पूर्ण सडक विवरणको डिजिटल विवरण तयार गरिनेछ ।
ड्ड गा।पा। भित्रका महत्पूर्ण स्थानहरुलाई जि।आई।एस। म्याप तयार गरिनेछ ।सम्पूर्ण बस्तीहरुको नक्शा तयार गरीनेछ ।
ड्ड सामुदायीक विधालयहरुमा ई(हाजिरी रेकर्डको व्यवस्था गरी गा।पा मा अभिलेख व्यवस्थापन गरिनेछ ।
ड्ड प्रत्येक वडा मा सोलार इन्भर्टरको व्यवस्थापन गरिनेछ ।
ड्ड गाउँकार्यपालिकाको बैठकलाई पेपर लेस बनाउन सदस्यहरुको लागि कम्प्युटर तालिम तथा सूचना प्रबिध सम्बन्धी क्षमता विकास गरिनेछ ।
ड्ड गा।पा।को सहभाहलमा स्मार्ट बोर्डको जडान गरिनेछ ।
ड्ड पाल्पा जिल्ला भित्र विस्तारको क्रममा रहेको अप्टिकल फाइबरलाई गाउँपालिकामा ल्याउनको लागि आवश्यक समन्वय गरि पहल गरिनेछ ।
ड्ड नेपाल टेलिकमको टावर आवश्यकता अनुसार राख्न पहल गरिनेछ ।
च) वातावरण संरक्षण तथा विपद व्यवस्थापन ः
ड्ड समुदायमा विपद व्यवस्थापन सम्बन्धि सतर्कता र सचेतना जगाउने कार्यक्रम संचालन गरिनेछ ।
ड्ड गाउँपालिकामा विपद व्यवस्थापन कोष स्थापना गरी पिडित घर परिवारलाई राहत सामग्री व्यवस्थापन गर्न सक्ने योजनाका साथ पूर्व तयारी गरिनेछ ।
ड्ड स्वास्थ्य तर्फ महामारी रोग नियन्त्रण सचेतना कार्यक्रम संचालन गरिनेछ ।
ड्ड वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनको लागि गाउंपालिकाले वनको नर्सरी स्थापना गर्न जिल्ला वन कार्यालय तथा इलाका वन कार्यालय संग आवश्यक समन्वय गरिनेछ ।
ड्ड प्राकृतिक प्रकोपवाट हुने जोखिमयुक्त बस्ती तथा ठाँउहरुको पहिचान गरी उचित तटबन्धन र वृक्षरोपण गरिनेछ ।
ड्ड विपद व्यवस्थापनको कार्यहरु संचालनको लागि वातावरण तथा विपद् व्यवस्थापन समितिलाई जिम्मेवार वनाइनेछ ।
ड्ड खोला किनारवाट अनाधिकृत रुपमा ढुंगा, गिट्टी तथा वालुवा निकासी कार्यलाई पूर्णत रोक लगाई वैधानिक रुपमा निकासीको व्यवस्था मिलाइने छ ।
ड्ड सामुदायिक बन ब्यवस्थापनमा जोड दिइनेछ ।
ड्ड रैनादेवी छहराका मुख्य बजार क्षेत्रहरु छहरा, अम्लबास, मेहलढाप, भालुखान लगायतका बजार क्षेत्रलाई लक्षित गरी फोहोर मैला व्यवस्थापनको लागि आवश्यक डम्पिङ साइटको खोजी र व्यवस्थापन गरिनेछ । साथै उक्त कार्यको सहजीकरणका लागि टोलस्तरमा फोहोरमैला व्यवस्थापन समिति निर्माण गरिनेछ ।
ड्ड रैनादेवी छहरा गाउँपालिका भित्रका मुख्य मुख्य बजार क्षेत्रहरूमा सार्वजनिक शौचालय निर्माणको लागि विशेष पहल गरिनेछ।
छ) संस्थागत विकास तथा सेवा प्रवाह ः
ड्ड सरल छिटो छरितो र प्रभावकारी सेवाप्रवाहलाई प्राथमिकता दिंदै दैनिक प्रशासनिक कार्य संचालन गर्नको लागि आवश्यक पर्ने लेखा, पञ्जिकरण, सम्पती कर, योजना लगाएत सवै प्रकारका सेवा डिजिटल माध्यमबाट सरलिकृत गरी सेवाग्राहीहरुलाई चुस्त सेवा दिईने छ ।
ड्ड रैनादेवी छहरा गाउँपालिकाको दैनिक प्रशासनिक कार्यलाई प्रभावकारी, छिटो छरितो, सरल, सर्वसुलभ, पारदर्शि, उत्तरदायि, मितव्ययि, भ्रष्टाचारमुक्त बनाउँदै अगाडी बढिने छ ।
ड्ड जनतालाई चुस्त दुरुस्त सेवाप्रवाह तथा सहजताको लागि प्रत्येक वडामानै योजनाको सम्झौता तथा फरफारकको लागि शिविर संचालन गरिनेछ ।
ड्ड गाउँपालिकाको दीर्घकालीन सोँच र लक्ष्य प्राप्तिका लागि गाउँपालिकाको गुरुयोजना निर्माण गरी सोही बमोजिम विकासको खाका निर्माण गरिनेछ ।
ड्ड गाउँपालिकाबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता एवम् अपाङ्गता भएका नागरिकहरुलाई बैँकहरु सँगको सहकार्यमा नागरिकको घरदैलोमा पुर्याउने व्यवस्था मिलाइनेछ ।
ड्ड उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गर्दै प्रभावकारी सेवाप्रवाहमा जोड दिन कर्मचारीलाई उत्पे्ररणा तथा प्रोत्साहनको कार्यक्रम ल्याइने छ ।
ड्ड जनप्रतिनिधि तथा कर्मचारीको समयानुकुल क्षमता विकासको लागि विभिन्न तालिम, गोष्ठि तथा प्रविधि मैत्री ज्ञानको विकासमा जोड दिइनेछ ।
ड्ड अरु स्थानीय तहमा भए गरेका राम्रा काम हरुको अनुसरण गर्दै त्यसको प्रभावकारिताको आधारमा यस गाउँपालिकामा पनि लागू गरिने छ ।
ड्ड गाउँपालिकाका मुख्य क्षेत्रमा सिसिटिभि जडान गरी सुरक्षाको प्रत्याभुतीलाई थप मजबुत बनाइनेछ ।
ड्ड गाउँपालिकालाई आर्थिक तथा सामाजिक क्षेत्रमा समृद्ध वनाउनको लागि (गरिवी निवारण, जातिय छुवाछुत मुक्त, वालमैत्री, वालविवाह रहित आदि जस्ता) विभिन्न कार्यक्रमहरु संचालनमा ल्याइनेछ ।
ड्ड गाउंपालिकाको आवधिक तथा रणनीतिक योजना निर्माणको लागि आवश्यक वजेटको व्यवस्था गरिने छ ।
ड्ड सरकारी, सहकारी तथानिजि क्षेत्र संग सहकार्य गर्दै सामाजिक तथा आर्थिक विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड विषयगत विज्ञ संगको परामर्शमा विकास निर्माण कार्यलाई अगाडि बढाइनेछ ।
ड्ड अनुगमनकार्यलाई मासिक रुपमा क्षेत्र तथा दिन तोकि नियमित गरिनेछ ।
ड्ड गाउँपालिका भित्रका क्षेत्रहरुमा आवश्यकताका आधारमा खाद्य गुणस्तर तथा कालो बजारी नियन्त्रणका लागि अनुगमन समितिलाई क्रियाशिल बनाइनेछ ।
ड्ड संस्थागत विकास तथा सेवाप्रवाह अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाको सार्वजनिक सुनुवाई नियमित गरिनेछ ।
ड्ड सूचनाको हक कार्यान्वयनका लागि गाउँपालिकामा डिजिटल नागरिक बडापत्रको व्यवस्था गरिनेछ ।
ड्ड साथै रैनादेवी छहरा गाउँपालिकाले गरेका विकास निर्माणका कामहरुको जानकारी जनता सम्म पु¥याउने उद्देश्यले चालु आ.व. को नीति तथा कार्यक्रममा व्यवस्था गरिएको रैनादेवी छहरा विकास सन्देश कार्यक्रम सामुदायिक रेडियो मुक्तिनाथ र तानसेनको एफ। एम। बाट निरन्तर संचालन गर्ने सोच बनाएको छु ।
ड्ड कतिपय जग्गा विवादका समाधान एवम् जग्गा नापजाँचका लागि रैनादेवी छहरा गाउँपालिका जनताले तानसेन सम्म जान नपरोस भन्ने हिसावले एकजना अमिन प्राविधिकको दरबन्दी थप गरी कर्मचारीको व्यवस्थापन गरिनेछ ।
ड्ड गाउँपालिका भित्रका सबै वडा कार्यालय एवम् गाउँ कार्यपालिकाको कार्यालयमा रिक्त दरबन्दीमा कर्मचारी माग गरी पदपुर्ती गर्ने व्यवस्था मिलाइनेछ ।
गाउँसभा सदस्यज्यूहरु,
६. वित्तिय व्यवस्थापन र सुशासन
क) राजश्व परिचालनतर्फ ः
ड्ड गरीबीको रेखामुनी रहेका जनताको जिवन उकास्नका लागी योजना निर्माण गरीनेछ ।
ड्ड सम्पत्ति कर प्रणाली लागू गरी गरिब जनताबाट उठाइने करमा कमि गरिनेछ ।
ड्ड राजश्व संकलन कार्यलाई प्रभावकारी र पारदर्शि वनाउनको लागि सफ्टवेरको विकास गरी लागु गरिनेछ ।
ड्ड संकलित कर समयमै गाउँपालिकाको खातामा जम्मा गराई यसको पारदर्शितामा जोड दिइने छ ।
ड्ड कर उठाउने कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वडा संग कार्य सम्पादन करार सम्झौता गरिनेछ र सम्झौता बमोजिम कर उठाउने वडा कार्यालयका कर्मचारीलाई पुरस्कृत हुने ब्यवस्था मिलाइनेछ ।
ड्ड उपलब्ध श्रोतहरुको प्रभावकारी तथा दिगो परिचालन गर्र्दै गाँंपालिकाको आन्तरिक श्रोत वृद्धिको लागि राजश्वका थप क्षेत्रहरुको खोजी गरिनेछ ।
ड्ड राजश्व परिचालनलाई प्रभावकारी वनाउन राजश्व शाखाको व्यवस्थागरि संस्थागत सुदृढिकरणका लागि आवश्यक श्रोत साधनको प्रवन्ध मिलाइनेछ ।
ड्ड गाँंपालिकाको चुनढुंगा खानीबाट संचालित कम्पनीसँंग करका क्षेत्रहरु बाारे आवश्यक छलफल गरी थप राजश्व संकलनको प्रयास गरिनेछ ।
ख) वित्तिय अनुशासन र सुशासनतर्फ ः
ड्ड गाउँपालिकालाई दिर्घकालिन आर्थिकभार तथा दायित्व वृद्धि नहुनेगरि निर्णयहरु गरिने छ ।
ड्ड आर्थिक ऐन र खरिद ऐनको पूर्ण अधिनमा रहि उपभोक्ता समिति मार्फत हुन सक्ने कार्यहरु सोही मार्फत र नसक्ने ठूला कार्यहरु टेण्डर मार्फत गर्ने नीति लिइनेछ ।
ड्ड योजना संचालन गर्दा उपभोक्ता लागत सहभागीता १०% लाई निरन्तरता दिइने छ ।
ड्ड ५ लाख सम्मको मेशिनरी सामाग्री प्रयोग नहुने योजनामा जनसहभागिताको सट्टा जनश्रमदानको व्यवस्था गरिनेछ ।
ड्ड कुनै पनि योजनाको जिवन्त तत्व उपभोक्ता समिति भएको हुंदा उपभोक्ता समितिको क्षमता विकासको लागि वडा वडामा उपभोक्ता समितिका पदाधिकारीहरुलाई क्षमता विकास सम्बन्धी तालिम कार्यक्रम संचालन गरिनेछ ।
ड्ड हरेक योजनामा अनिवार्य रुपमा होडिङ्ग वोर्ड राख्न लगाइने छ र सो बापतको रकम इष्टिमेटमा नै व्यवस्था गरिनेछ ।
ड्ड योजनाको फरफारक जेष्ठ मसान्त भित्र गरिनेछ ।
ड्ड अघिल्लो आ.व. का वेरुजुलाई फस्र्यौट गर्ने कार्यलाई उच्च प्राथमिकता दिइनेछ ।
ड्ड लैंगिक उत्तरदायी वजेट निर्माणमा जोड दिईने छ ।.
ड्ड शुसासन प्रवद्र्धनमा जोडदिन गाउँपालिकामा आउने गुनासोहरुलाई व्यवस्थित गर्नको लागिगुनासो अभिलेखगर्ने, सुझाब सुन्ने, त्यसको रेकर्ड राख्ने तथा गुनासो संबोधन गर्ने प्रणालीको विकास गरिनेछ ।
ड्ड सार्वजनिक सुनुवाई प्रत्येक चौमासिकमा संचालन गरिनेछ, नागरिक वडापत्र आदिको माध्यम द्धारा वडा तथा गाउंपालिका तहमा शुसासन प्रवद्र्धनमा जोड दिइनेछ ।
ड्ड विकास निर्माणका गतिविधीहरु आमनागरिक संग पु–याउनको लागि संचार माध्यमको प्रभावकारी उपयोग गरिनेछ ।
ड्ड प्रचार मुखिभन्दा प्रभावमुखि विकास निर्माण र सेवाप्रवाहमा जोड दिइने छ ।
ड्ड संचार क्षेत्रको प्रभावकारी परिचालनतथा सूचना सम्प्रेषण गर्न तथा संचार क्षेत्रसंगको सम्पर्क समन्वयलाई एकरुपता ल्याउन जिल्लापत्रकार महासघं संग समन्वयगर्दै एक अर्काको परिपुरकको रुपमा अगाडी बढीने छ ।
ड्ड कुनै पनि गाउँपालिकाभित्रका रु २,००,०००र( भन्दा माथिको योजनाहरुको अनुगमन गाउँपालिका स्तरीय अनुगमन समितिले गर्नेछ ।
ड्ड एक आर्थिक वर्षमा एक योजनाको अनुगमन वर्षमा ३ पटक गरिनेछ ।
ड्ड पालीकाका काम अभिनय भन्दा पनि अभियानका रुपमा सन्चालन गर्न बिज्ञ सय राय र परामर्श गरीनेछे ।
ड्ड सामाजिक सुरक्षाभत्ता वडा वाट बितरणका लागीबिशेष योजनाबनाई बितरण गरीनेछ ।
ड्ड कुनैपनि गैर सरकारी सँस्थाहरुले यस गाउँपालिकामा कार्यक्रम गर्दा निश्चीत प्रतिशत साझेदारी हुने गरी मात्र सञ्चालन पाइने व्यवस्था गरिनेछ ।
ड्ड साथै यस रैनादेवी छहरा गाउँपालिकाले यसभन्दा अघिल्लो कार्यकालमा तय गरेको नारा अनुरुप कतिपय विषयहरु सम्बोधन भइसकेकोले अव हामी नयाँ निर्वाचित जन प्रतिनिधिहरुले नयाँ घोषणापत्र बमोजिम काम गर्नुपर्ने हुनाले पञ्चवर्षिय योजना सहित नयाँ लक्ष्य र उद्देश्य प्राप्तीका लागी नयाँ शिराबाट कार्यको थालनि गरिनेछ ।
ड्ड प्राविधिक कर्मचारीहरूलाई सम्बन्धित वडामा व्यवस्थापन गरिनेछ ।
गाउँसभा सदस्यज्युहरु एवम् उपस्थित महानुभावहरु
गाउँपालिकाले हालसम्म प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रको तीब्र विकास गरी आकांक्षा पुरा गर्ने अठोटका साथ आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम पेश गरेको छु । यो नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नेपाल सरकारले तोकेको लक्ष्य तथा राष्ट्रिय एकता, राष्ट्रिय हित र स्वाभिमान मजबुत गरी तीब्र दरको आर्थिक बृद्धि हासिल गर्न समेत सघाउ पुग्नेछ ।
पाल्पा जिल्लाभित्र उदयीमान, विकाससील गाउँपालिकाको रुपमा स्थापित गर्न सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको योगदान अमूल्य हुने भएकाले यो नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै क्षेत्रबाट योगदान हुने विश्वास व्यक्त गर्दछु । अन्त्यमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, नगरिक समाज, बुद्धिजीवि, संचार जगत तथा सम्पूर्ण रैनादेवी छहरा बासीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । गाउँपालिकाको विकासमा साथ सहयोग गर्ने अन्य छिमेकी गाउँपालिका तथा नगरपालिका, गैर सरकारी संस्था समेतलाई धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद
रुक्माङ्गत भट्टराई
अध्यक्ष









