
अर्घाखाँची, १० असार । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सुरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनले श्रीमती हत्या गरि सेउलाले ढाकछोप गरेको समेत बताइएको छ । यस बारेमा थप अनुसन्धान गर्न प्रहरी घटना स्थलमा पुगेको समेत बताइएको छ ।
शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको शाहीटोलको जगंलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले काँटी थिचेर हत्या गरेको कमलले प्रहरीलाई जनाएको पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।












