
पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आगामी आवका लागि पालिकाको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम पेश गर्नुभयो । माथागढीको समग्र विकासलाइ आधार बनाएर नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष चिदीले बताउनुभयो ।
यस्तै माथागढीकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले ५७ करोड ७४ लाख बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । शिक्षा, कृषि, पूर्वाधार, सडक निर्माणलाई प्राथमिकतामा राखेर माथागढीले बजेट पेश गरेको हो । उपाध्यक्ष लुङ्चेले चालु तर्फ ३१ करोड ७६ लाख र पूँजीगत तर्फ २५ करोड ९८ लाख बजेट प्रस्ताव गर्नुभएको हो ।












