
पाल्पा– बगनासकाली गाउँपालिकाले पालिका भित्र काम गर्ने उत्कृष्ठ कर्र्मचारीलाई सम्मान गरेको छ।
गाउँपालिकाले ११ औं गाउँसभाको अवसरमा कर्मचारीलाई सम्मान गरेको हो । सभाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरी प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले गाउँपालिकामा वर्षभरीमा उत्कृष्ठ काम गर्ने ६ जना कर्मचारीहरुलाई सम्मान गरेको पालिकाले जनाएको छ ।
उनीहरुलाई नगद, दोसल्ला, सम्मानपत्र सहित सम्मान गरिएको हो । सभाका अवसरमा प्रमुख चिदीले गाउँपालिकाले प्रत्येक वर्ष उत्कृष्ठ काम गर्ने कर्मचारीलाई कार्यसम्पादनका आधारमा पुरस्कृत गर्दै आइरहको र यस वर्ष पनि जनताको काममा सहज रुपमा सेवा प्रदान गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको बताउनुभयो ।












