
दिपक भट्टराई ,पाल्पा ११ असार



रिब्दीकोट गाउँपालिका पाल्पाले आगामी आर्थिक बर्षका लागि कुल ५१ करोड २४ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीद्धारा प्रस्तुत आर्थिक बर्ष २०७९र८० को लागी गाउँ कार्यपालिका,वार्ड कार्यालय बिषयगत शाखाले गर्ने सेवा र कार्यहरुको लागी लागि ५१ करोड २४ लाख २५ हजार रुपैयाको बजेट ल्याइएको हो ।
आय,ब्यय,चालु खर्च बित्तिय ब्यबस्थाको रु ३० करोड ८ लाख ९५ हजार रहेको छ । त्यस्तै २१ करोड १५ लाख २० हजार रूपैयाँ पूँजिगत खर्च रहेको छ ।
गाउँ सभामा शुभकामना मन्तब्य राख्दै गाउँसभा सदस्य गिता कौशलले प्रत्येक वार्डलाइ विकासको प्राथमिकताका आधारमा ४८ लाख,५० लाख र ५५ लाख बजेट पर्नुले बिकासमा मद्धत पुग्ने बताउनुभयो । उहाँले ५ बर्षसम्म सबै क्षेत्रलाई समान ढंगबाट बिकासले समेट्नु पर्ने धारणा राख्नुभयो । त्यस्तै गाउँसभामा सभा सदस्य दान बहादुर कुवर,दुर्गा प्रसाद ढकालले आगामी ५ बर्षमा गाउँपालिकाले सुशासन, पारदर्शीत तथा बिकासमा अब्बल बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
गाउँसभामा सभापति गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको सभापतित्व,उपाध्यक्ष कान्ता अधिकारी बजेट भाषण र सभाका सचिव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्याल रहनु भएको थियो।
बजेट भाषण पश्चात् सभामा उठेका सवालहरू माथी छलफल गरेपछी बजेट पारित भएको हो ।

यस्तै गाउँपालिकाले ११ औ गाउँसभाबाट पालिका भित्र उत्कृठ काम गरेका ३ जना कर्मचारीलाई सम्मान गरेको छ ।सम्मानित हुने कर्मचारीहरुमा ख्याहा स्वास्थ्य चौकिका प्रमुख हरी बहादुर कुमाल,मोहन श्रेष्ठ,र गणेश आर्चायलाई उत्कृत कर्मचारीको रुपमा उनीहरुलाई नगद, दोसल्ला, सम्मानपत्र सहित सम्मान गरिएको हो । गाउँपालिकाले प्रत्येक वर्ष उत्कृष्ठ काम गर्ने कर्मचारीलाई कार्य सम्पादनका आधारमा पुरस्कृत गर्दै आइरहको र यस वर्ष पनि जनताको काममा सहज रुपमा सेवा प्रदान गर्ने कर्मचारीलाई पुरस्कृत पालिकाले गरेको सुचना प्रविधि अधिकृत हेमेन्द्र कुँवरले बताउनुभयो ।









