
पाल्पा १२ असार
कमना सेवा विकास बैंक तानसेन पाल्पा शाखाले तानसेन ९ दमकडा पाल्पाकोमा रहेको दमकडा माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूलाई खाधान्न सहयोग वितरण गरेको छ । बैंकले दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्ने उधेश्यका साथ करिब १० हजार बराबरको खाधान्न वितरण गरेको हो ।
खाधान्न वितरण गर्दै कामना सेवा विकास बैंक तानसेन शाखाका शाखा प्रमुख प्रकाश कार्कीले बैंकले विद्यालयका विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वको भावना अनुरूप केहि मात्रामा भएपनि दृष्टिविहीनहरुले पढ्ने विधालयमा सहयोग गर्न पाउनु धर्म रहेको बताउनुभयो ।
कामना सेवा विकास बैंकले आर्थिक कारोबारका साथसाथै विभिन्न समयमा सामाजिक काम गर्नुृका साथै,विभिन्न व्यक्ति एवम भौगोलिक हिसाबले पछाडि परेका संघ सस्थाहरूमा पुगी सामाजिक कार्य सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम तानसेन वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्यालले बैंकले दृष्टिविहीन विद्यार्थीहरूलाई मध्ये नजर गरि सामाजिक भावनाका साथ सहयोग हस्तान्तरण गरेकोमा बैंकलाई आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा बैंकका कर्जा प्रमुख कृष्ण शर्माले बैंकले आगामी दिनमा अझ सामाजिक उत्तरदायित्व भावनालाई अङ्गिकार गर्दै सामाजिक कार्यमा अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले विद्यालयलाई आगामी दिनमा पनि सहयोग गरिदिनुहुन आर्गह गर्नुभयो ।
वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम तानसेन वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा अन्य शिक्षकहरु तथा कामना सेवा विकास बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।












