
जानका न्यौपाने असार १५ ,



नेशनल वाथरोग सेन्टर काठमाण्डौका वरिष्ट वाथरोग विषेषज्ञ डाक्टर बुटवलको पृष्पलाल पार्कमा रहेको
नेशनल वाथरोग सेन्टर एण्ड ग्लोरियस हेल्थ केयरमा आउनुहुने भएको छ ।
नेपालकै चर्चित तथा बरिष्ठ बाथरोग विशेषज्ञ डा बिनित बैध यही असार १६ गते विहीबारका दिन विरामीहरुको चेक जाच तथा उपचारका लागि बुटवलमा आउन लाग्नु भएको हो ।
हाल नेपालमा बाथ रोगका बिरामी बढ्दो दरमा देखिएको ले यसको समस्या दिन प्रतिदिन बढदै गएको बेला बाथ रोगीहरुको उपचारमा सहजताका लागि काठमाण्डौबाट वरिष्ट वाथरोग विषेषज्ञ डाक्टर बुटवलमा आउन लाग्नुभएको नेशनल वाथरोग सेन्टर एण्ड ग्लोरियस हेल्थ केयरका सन्चालको भनाई रहेको छ ।
बुटवलमा रहेको यस सँस्थाले बेला बेलामा काठमाण्डौबाट विषेषज्ञ वाथ रोग डाक्टरहरुलाई बुवलमा ल्याएर तथा विभिन्न जिल्लाहरुमा नि. शुल्क वाथ रोगीहरुको उपचार गरेको ग्लोरियस हेल्थ केयरका प्रबन्ध निर्देशक होम बहादुर पल्लीले जानकारी दिनुभयो ।
साथै उहाँले वाथरोगले गर्दा हातका औंलाहरु दुख्ने वा सुन्निने, हात, खुट्टा वा जिउ अरठ्ठो हुने, बारम्बार आँखा रातो हुने तथा दुख्ने,पाइताला पोल्ने वा झम्झमाउने प्रायः राती, छालामा डाबर वा निको नहुने घाउ आइरहने हुदाँ समयमै उपचार गर्नुपर्ने उपचार समयमै नभएमा यसले पछि ठुलो समस्या ल्याउने पनि बताउनु भयो ।
लेखा तथा प्रशासन प्रमुख राज पाण्डेले बेला बेलामा वाथ रोग विषेषज्ञ बाट बिरमीहरुको सेवा दिएरहेको बताउदै यही असार १६ गते पनि सम्बन्धित बिरामीहरु लाई आग्रह गर्नुभयो ।
उपाचार गर्न आउने विरामीहरुले ०७१ ५९००९८,९८५७०८४६४८ र ९८५७०८२२४० मा सम्पर्क गर्न सकिने छ ।









