
२०७९ असार २०



रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई सम्मान र प्रोत्साहन गर्न उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेलको अध्यक्षता र गाउँपालिका अध्यक्ष रूक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी, प्रवक्ता देवेन्द्र पुन, कार्यपालिका सदस्यहरू लगायत कृषि तथा पशु विकास शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
बङ्गुर पालन, माछा पालन, फलफुल खेती, तरकारी खेती, बाख्रा पालन, गाई पालन, भैँसी पालन, लोकल कुखुरा पालन तथा च्याउ खेती मा उत्कृष्ट हुने कृषकहरूलाई हरेक विधामा प्रथम पुरस्कार स्वरूप रु १५०००र(, द्वितीय पुरस्कार रु १००००र( र तृतीय पुरस्कार रु ५०००र( प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी र अध्यक्ष रुक्माङ्गत भट्टराईले कृषकहरूलाई बधाई दिँदै आगामी दिनमा अझै प्रगति गर्दै अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो।
कृषकहरूको तर्फबाट नारायण बहादुर कार्की, काशि पौडेलले गाउँपालिकालाई धन्यवाद तथा आफ्ना सुझावहरू दिनुभएको थियो। कार्यक्रम सञ्चालन कृषि शाखा प्रमुख सुनिता पोखरेलले गर्नुभएको थियो।










