
दिपक भट्टराई पाल्पा
रिब्दीकोट गाउँपालिका पाल्पाले पालिका स्तरिय मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
पालिका भित्र स्वास्थ्य सँस्थामा कार्यरत सबै नसिङ्गहरुलाई मातृ तथा नवजात शिशु कार्यक्रम सम्बन्धी थप ज्ञान हासिल गरि मातृ शिशु मृत्युदर घटाउनको तथा सबैमा मातृ तथा नवजात शिशुको ज्ञान होस भनि पालिकाले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।यसरी अभिमुखिकरण सन्चालबाट स्वास्थ्य सस्थामा सुरक्षित प्रसुति हुने तथा नियमित चेक जाच गर्नेको सख्यामा वृद्धि हुने आसा पालिकाले लिएको छ ।




अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक दिदै स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले अहिलेको २१ औं शताब्दीमा पनि मानिसमा मातृ तथा नवजात शिशु स्वास्थ्यको बारेमा प्रभावकारि जानकारी नहुदा यसलाई समाजमा अझै पनि सही ढङ्गले बुझ्न नसकेको बताउनु भयो ।साथै उहाले मातृ तथा नवजात शिशुको बारेमा सिकेका र जानेका कुरालाई समाज र परिवारमा बुझाउन सके सुरक्षित प्रसुति गराउन,मातृ तथा शिशु मृत्यु दर कम गराउन महत्त्वपूर्ण भुमिका खेल्ने खेल्ने बताउनु भयो ।

गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले कार्यक्रममा सहभागी नसिङ्गहरुले अभिमुखिकरणमा सिकेका कुरालाई व्यवाहारमा लागु गरेर यसको प्रचारप्रसारमा लाग्न आग्रह गर्नुभयो । उपाध्यक्ष कान्ता अधिकारीले
मातृ तथा नवजात शिशुको अझ प्रभावकारि सिकाईले सामाज परिवर्तनमा सहयोग पुग्ने धारणा राख्नु भयो ।
अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की उपाध्यक्ष कान्ता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत पबन अर्याल,शिक्षा अधिकृत मणि प्रसाद खनाल,लेखा अधिकृत,मन्जु पन्थी ,जिल्ला युवा समितिका अध्यक्ष तुल बहादुर अधिकारी लगायतको उपस्थीति रहेको कार्यक्रमको सन्चालन शिव जिसीले गर्नुभएको थियो ।










