
दिपक भट्टराई पाल्पा २५ असार



राष्ट्रिय प्रजातन्त्र पाटी पाल्पाका जिल्ला अध्यक्ष डुल बहादुर कुँवरले देशमा संघीयता आवश्यक नरहेको बताउनु भयो । सघीयताले देशको अर्थतन्त्र कमजोर बनाउने काम मात्र गरेको बताउदै संघीयतालाई खारेज गर्नुपर्ने बताउदै,अध्यक्ष कुँवरले देशमा भष्चारको अन्त्य हुनुपर्ने,महङ्गी अत्यधिक बढेका कारण साधारण नागरिकहरूले दैनिक जीवन यापन गर्न कठिन भएकोले सरकारले महङ्गी नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पाटी पाल्पाले शुक्रबार आयोजना गरेको धर्ना तथा विरोध कार्यक्रमलाई सम्वोधन गदै अध्यक्ष कुँवरले भ्रष्टाचारको अन्त्य,महगी नियन्त्रण,किसानलाई मल उपलब्ध गराई,पेट्रोलीयम पदार्थको मुल्य वृद्धि फिर्ता गरी जनतालाई सरकार भएको महसुज गराउन आग्रह गर्नुभयो ।
खेत रोप्ने बेला भए पनि किसानलाई मलको अभाव भएको हुदा सरकारले समयमा मल उपलब्ध गराउनुपर्ने, तथा महंगी नियन्त्रण गर्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न अध्यक्ष कुवरले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
देशमा भएको महंगी नियन्त्रण, तथा भ्रष्टाचारको अन्त्य गरी किसानलाई मल उपलब्ध लगाएतका नारा सहित १९ बुदे माग पुरा गराउन सरकार लाई दवाब दिने उधेश्यले जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडी धर्ना कार्यक्रम एवम कोणसभा सम्पन्न गरेको हो ।
त्यस्तै शुक्रबार राप्रपा पाल्पाको बैठक बसेको छ । बैठकमा राप्रपाका केन्द्रिय सदस्य देवी घिमिरे लगाएत जिल्ला कार्यसमितिको पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।










