
जेठ २५ अर्घाखाँची सम्वादाता
नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले वर्तमान सरकार ईतिहासकै असफल सरकार भएको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको तेस्रो पु्र्ण बैठकलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले सरकार हरेक क्षेत्रमा असफल बन्दै गएको बताउनुभयो । रायमाझीले भ्रष्टाचार ,ढिलासुस्ती र अनियमितता बढेको ,बिकास निर्माणको काम रोकिएको,अर्थतन्त्र चौपट भएको भन्दै सरकारको आलोचना गर्नुभयो । परमादेश सरकार र ५ दलिय गठबन्धनले गरेको सत्ता र शक्तिको दुरुपयोगका बीच नेकपा एमालेले अर्घाखाँची जिल्लामा सानदार जित हासिल गरेको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेले एक्लै जित हासिल गर्ने बताउनुभयो । रायमाझीले उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता,उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु चन्द्रबहादुर खड्का उज्ज्वल ,बोमबहादुर बि।क।,चेतनारायण आचार्य,केन्द्रीय सल्लाहकार द्वय नरेन्द्र कुमार क्षेत्री,लक्ष्मण रायमाझी,एमाले प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,जिल्ला कमिटीका उपसचिव शम्भु प्रसाद पोख्रेल , भिम के.सी.लगायतको उपस्थित रहेको एमाले कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनुभयो ।












