
दिपक भट्टराई -२५ असार,पाल्पा
जिल्लाको रिब्दीकोट गाउँपालिका लाई पुर्णखोप गाउँपालिका सुनिश्चितता घोषणा गरिएको छ।
गाउँपालिका भित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले जानकारी दिनुभयो ।
हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरेपश्चात् मात्र पूर्णखोप गाउँपालिका घोषणा गरेका हौँ स्वास्थ्य संयोजक अधिकारीले सुपादेउराली खबलाई बताउनु भयो।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पूर्णखोप गाउँपालिका घोषणा पहिलो एजेण्डा पूरा भएको जनाउँदै तत्काल पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका कार्यालय प्रमुख डा राजेन्द्रकुमार गिरी अबको लक्ष्य पाल्पा जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गर्ने रहेको जानकारी दिनुभयो ।




कार्यक्रम गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षाता, प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, विशिष्ट अतिथि जिल्ला समन्वय उपप्रमुख काशिका गैरे ज्ञवाली,रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी ,स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्रकुमार गिरी रहनु भएको थियो ।

कार्यक्रममा अतिथि प्रमुख प्रशासकीय अधिकृत पबन अर्याल, वडा नम्बर १ देखि ८ सम्मका वडा अध्यक्षहरु, कार्यापालिका सदस्य, सबै स्वास्थ्य संस्थाका प्रमुख,स्वास्थ्य कार्यालय पाल्पाका कर्मचारी , लगायत रिब्दीकोट गाउँपालिका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा पालिका भित्र लामो समदेखि निस्वार्थ भावले स्वयंसेवक भई काम गर्ने स्वयंसेवीकालाई सम्मानजनक विदाई कार्यक्रम गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले जानकारी दिनुभयो ।










