ट्रेन्डिङ

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

नवनिर्वाचित जनप्रतिनिधिका आगामी कार्यभार

दोस्रो स्थानीय तह सदस्य निर्वाचन समग्रमा सफलतापूर्वक सम्पन्न भएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूले आफूलाई थप जिम्मेवार बनाउँदै प्रभावकारी कार्यसम्पादन गर्नका लागि केही गरौं भन्ने सोच भएका जनप्रतिनिधिले शुभारम्भ गर्न अवश्य सक्ने अवस्था रहेको छ । निश्चित अवधिमा जनताबीच नविकरणका लागि जानुपर्ने बाध्यता आवधिक निर्वाचन प्रणालीको एउटा सुन्दर पाटो हो ।
यस कार्यले जनतालाई आफू जनार्दन भएको अनुभूति दिन्छ । यसको परिणामले चुनावमा संलग्न सबै दल वा पक्षलाई आत्मसमीक्षाको बाटो खोलिदिन्छ । यस्ता सुन्दर पक्षलाई कोही कसैले पनि नजरअन्दाज गरेको खण्डमा ऊ आफै इतिहासको गर्तमा रहने अवस्थामा अवश्य आउँछ। जनताको अभिमत¸ दिन खोजेको सन्देश र आशयलाई राम्रोसँग बुझ्न सक्ने नेतृत्व नै लोकप्रिय हुन्छ । त्यसैले जनमत पाउनका लागि जनतासँग सँगसँगै रहदै उनीहरूको चाहना र आवश्यकताको अधिकतम सम्बोधन गर्नु सफलताको सूत्र हो । वास्तविक लोकतन्त्रको अभ्यासमा यसको हिसाब मिलान गर्नमा गणितज्ञ नै हुनु पर्छ भन्ने लाग्दैन । सामान्य जोकोही मान्छेले पनि यसको जवाफ फेला पार्न सक्दछ । यस्ता महत्वपूर्ण आत्मसमीक्षाका विषयहरूमा दलहरू तथा जनप्रतिनिधहरूले छलफलको पहल गर्ने नै छन् ।
अबको पाँच वर्षमा जनप्रतिनिधि बन्नका लागि गरेको करोडौं लगानीको नाफासहित असुलीमा लाग्दछन् भन्ने आम धारणालाई चिर्न सकेमा मात्र विश्वसनीयता बढ्नेछ । नागरिकहरूले चाहेजस्तो भएमा नीति तथा कार्यक्रमहरूको समर्थन गर्नेछन् । भ्रष्टाचारमा शून्य सहनशीलता सम्बन्धी सार्वजनिक प्रतिबद्दता व्यक्त गर्दै विश्वासको वातावरण बनाउन जरुरी देखिन्छ । यो काम सबैलाई सहज नहुन पनि सक्छ तर यसले एउटा उच्च नैतिक बल प्रदान गर्नेछ र गलत कुरासँग सम्झौता नगर्ने आँटमा बढोत्तरी आउँनेछ । यस कामका लागि तत्काल आम समुदायलाई भ्रष्टाचार अन्त्यको अभियानमा समावेश गर्न भ्रष्टाचार, ढिलासुस्ती सम्बन्धी जनताको गुनासो सुनुवाई गर्ने गोपनीय र भरोसायोग्य हटलाइनको व्यवस्था गर्नु पर्ने हुन्छ । यस्ता काम कुराको जानकारी आम जनतालाई गराउनु पर्ने हुन्छ । भ्रष्टाचारको अन्त्य र न्यायमा सहज पहुँच नै आजको नेपाली समाजको मुख्य माग रहिआएको तथ्यलाई भुल्नु हुदैन ।
व्यक्तिले राजनीतिक, प्रशासनिक जुनकुनै किसिमको पहुँच राख्ने ठाउँ भनेको स्थानीय सरकार नै हो । यसले जनचाँसो ख्याल गर्छ । जनताका पीर¸ मर्का र दुःखलाई सुन्छ । गाउँपालिकाबाट गरिने प्रशासनिक कामहरू छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउन सकिन्छ । कतिपय सेवाहरू जनताकै घरदैलोमा पुर्याकउँन सकिन्छ । प्रशासनिक सेवाप्रवाहका सम्बन्धमा जनतालाई बारम्बार सूचना उपलब्ध गराउने परिपाटी विकास गर्दै जानु पर्दछ । जनताले धेरै आशा गरेकै छैनन् । केवल भरोसा र विश्वास खोजेका छन् । जनप्रतिनिधिका वरिपरि रहेनेहरूमा आधारित भएर धारणा बनाउने कामले त्यति राम्रो गर्दैन । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने कुरा प्राथमिकताको सूचीबाट कहिल्यै पनि परपर सार्नु हुँदैन । व्यस्तता जति भए तापनि र महत्वपूर्ण कुरालाई विर्सने काम गर्दै नगर्नु राम्रो हुनेछ । अर्को खास विषय समयको व्यवस्थापन हो । आफुलाई के काममा समर्पित गर्ने भन्ने कुरा आफ्नै इच्छा शक्तिमा भर पर्दछ ।
पहिलो स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूप्रति आलोचनाका कुराहरू भए । खासगरी विकास सम्बन्धी सोच र विचारको अभाव भएको तथा सम्बन्धित् विषयसँग र नैतिकवान मानिसलाई नजिक राख्न नसकेको भन्ने आरोपहरू आए । निस्वार्थी र सक्षम व्यक्तिहरू आफै आउँदैनन् । उनीहरूलाई खोजेर साथमा ल्याउनु उत्तम हुन्छ । निर्वाचन जितेर मात्र सबै थोक नहुने पनि देखियो । विजयको विरासतलाई जोगाउन सद्बुद्दि र विज्ञताको सेवा लिनु जरुरी हुन्छ । यो कुरा असम्भव छैन । यसका लागि केवल इमान्दार प्रयास जरुरी देखिन्छ । खोज्दै आउनेहरूबाट जोगिदै चाहिने मान्छेको खोजीमा लाग्ने कदम चाल्न कत्ती पनि ढिला गर्नु हुँदैन ।
समग्र मनोविज्ञानमा सबै कर्मचारी नै भ्रष्ट छन् भन्ने मान्यताले असल कर्मचारीहरूको आत्मसम्मान गिरेको छ । असल कर्मचारीको पहिचान गर्ने हो भने मात्र आत्मसम्मान उचो बनाउन सकिन्छ । आवश्यक सेवासुविधा थप्ने तर अदृश्य क्रियाकलापलाई बन्द गर्ने साहस गर्नुपर्ने देखिन्छ । आम समुदायको धारणामा विगतको विकासात्मक अभ्यासलाई नियाल्दा अनैतिक एवम् भ्रष्ट आचारणको जालोले ढाकिएको छ । हरेक बस्ती र टोलमा केही सिमित मानिसहरूमा विकासको अतिरिक्त लाभ पुगिरहेको छ भनिन्छ । यो संक्रामक रोग झैं उपभोक्ता समिति, टोल विकास संस्था, पेटी ठेक्कालगायत सबैमा व्याप्त हुँदै गएको छ भन्ने कुरामा कुनै आशंका छैन । समुदायस्तरसम्म फैलिएको यो भुसको आगो निभाउने कुरा त्यती सजिलो विषय पक्कै होइन नै तर असम्भव पनि देखिदैन । यस आगोलाई निभाउन सकिएन भने जनताले चाहेको विकास निर्माणमा दिगोपना र गुणस्तरीयता ल्याउन अवश्य सकिदैन । नागरिक असन्तुष्टि बढ्दै जादा शासन सञ्चालनमा पनि सहजता पक्कै आउने छैन । यस्ता अजंग चुनौतीको सामना गर्न तयार हुनुको विकल्प छैन भन्नु पर्दछ ।
अहिलेको विकासमा जनताको सहभागिता कागजी प्रक्रिया मात्र हो भन्ने कुरा घामजस्तै छर्लङ्गै छ । यसलाई थप पारदर्शी र जवाफदेही बनाउन नसकिने पनि होइन । सम्बन्धित् जनप्रतिनिधिले हरेक समितिमा आम भेला बोलाई आयोजना सञ्चालनदेखि सम्पन्न गर्दासम्म कोहीकसैलाई केही गर्नु र दिनु पर्दैन मात्रै भने पनि तोकिएको काम पुरा हुन सक्तछ । जति काम गरिन्छ त्यती मात्र कुरा गर्ने र जति कुरा गरिन्छ त्यति मात्र काम गर्ने संस्कारको बानी बसाल्ने हो भने हामीले चाहेको उद्देश्यमा पुग्न कुनै आइतबार कुर्नु पर्दैन ।
देश परदेशमा रहेर पनि गाउँपालिकाको दिगो विकास र समुन्नतिका लागि आफ्नो क्षमता र अनुभव खर्च गर्न चाहनेहरू थुप्रै देखिन्छन् । यो सम्पत्तीलाई सदुपयोग गर्नु थप जिम्म्वारी हो । आफ्ना आसेपासेलाई विज्ञको विल्ला भिराउने गर्नु त्यति उचित नहोला । नैतिकवान मानिसहरूको निगरानीले अनियमितता गर्नेहरूको मनोबल घट्दछ भने इमानदार कर्मयोद्दाहरूलाई थप उर्जा प्रदान गर्नमा अहम भूमिका निर्वाह गर्दछ । यस कार्यले जनप्रतिनिधिहरूलाई आत्म अनुशासनमा रहन अभिप्रेरित गर्दछ । विभिन्न माध्यमबाट यस्ता व्यक्तिको पहिचान गर्दै विषय विज्ञताभन्दा पनि इमानदारिता नै प्रमुख हो भन्ने कुरालाई हेक्का राख्र्नु पर्दछ । यस्ता विषयमा कुनै पनि सम्झौता गर्नु हुदैन । व्यक्तिगत लाभबाट मुक्त विज्ञहरूको समूह बनाउँदै आफूलाई सक्षम र दृढ बनाउनु पर्दछ । बोली र व्यवहारसँग तादात्म्यता मिलाउनु पर्दछ । अनावश्यक आश्वासनले आफ्नै शक्ति क्षीण हुँदै जान्छ ।
जनताको विश्वासमा नै जनप्रतिनिधिले आमुल परिवर्तन गर्न सक्ने अवस्था सिर्जना हुन्छ । आम जनभरोसाले नै चुनौतीपूर्ण काममा चाहेको सफलता पाउन सहज हुन्छ । स्थानीय सरकारहरू दिगो विकासका सम्वाहक हुन् । पछिल्ला विकासात्मक कार्यहरू खासै निर्विवादित बन्न सकेको देखिदैन । विकास आयोजनालाई प्राथमिकता दिने कुरा र व्यवहारिक रूपमा हुने प्रभावका बारेमा मतान्तर हुन सक्तछ । यस बेलामा नेतृत्वमा स्पष्ट अडानको आवश्यकता पर्दछ । यो एउटा गतिलो पहिचान बनाउने सुअवसर पनि हो ।
लेखकको अनुमतिमा साभार
लेखक बगनासकाली गाउँपालिका, पाल्पाका प्रमुख प्रशासकिय अधिकृत हुन्

सम्बन्धित खवर