
दिपक भट्टराई ४,साउन



नेपाल टेलिकम दुरसञ्चार कार्यालाय पाल्पाले रामपुर नगरपालिका अन्तर्गत रामपुर बजारका विभिन्न क्षेत्रमा फाइबर टु दि होम (एफटिटिएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा तिब्र रुपमा वितरण शुरु गरेको छ । कार्यालयले नेटवर्क सकेको पहिलो सातामै ५५ भन्दा बढ्री ग्राहकहरुको घरमा एफटिटिएच सेवा जडान गरिसकेको जनाएको छ । हाल यो सेवा रामपुर बेझाडबजार चोक, श्रीनगरहोटल क्षेत्र, बाङ्गेपसल जाने बाटो, मटेरी जाने बाटो, बिजपुर लगायतका लगायतका स्थानमा उपलव्ध भएको र किसानबारी, भम्बक, बाङ्गेपसल क्षेत्रमा पनि विस्तार गर्न लागिएको दुरसञ्चार कार्यालाय पाल्पाका प्रमुख ढाकाराम पौड्यालले जानकारी दिनुभयो ।
हाल कम्पनीले विभिन्न प्याकेज मार्फत एफटिटिएच सेवा उपलब्ध गराउदै आएको छ । जसअन्तर्गत ग्राहकहरुले इन्टरनेट सेवा, टेलिभिजन सेवा र भ्वाइस सेवा तथा यी मध्ये कुनै आवश्यक सेवा पनि लिन सक्नेछन् । कम्पनीले निकै सस्तो दरमा ८ एविपिएस देखी १०० एमविपिएस क्षमता सम्मको इन्टटरनेट सेवा दिइरहेको छ । वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक सय मिटर सम्म अप्टिकल फाइबर केबुल र सिपिए–राउटर निशुल्क उपलब्ध गराइएको छ । ग्राहकले एक महिने, तीन महिने र एक बर्षे एफटिटिएच प्याकेज लिन सक्नेछन् । आइपीमा आधारित एचडी टेलिभिजन समेत हेर्न सकिने भएकाले सेवाग्रही दैनिक बढिरहेको कार्यालयका सुचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिनुभयो । साथै २५ एमबीपिएस भन्दा माथिका ब्याडविथ लिने ग्राहकले आफ्नो मोवाइलमा दैनिक ३०० एमबी डेटा निशुल्क पाउनेछन् ।
ग्राहकलाई उच्च ब्यान्डविथ, भरपर्दो, गुणस्तरीय सेवा र सुरक्षित नेटवर्कको आवश्यकता पूरा गर्न नेपाल टेलिकमले नेक्स्ट जेनरेशन नेटवर्क (एनजिएन) टेक्नोलोजीमा आधारित फाइबर टू दि होम (एफटीटीएच) सेवा ल्याएको हो । यस सेवामा, परम्परागत कपर नेटवर्कको सट्टा अप्टिकल फाइबर प्रयोग गरिएको छ । ग्राहकले ८ एमबीपीएस देखि १०० एमबीपीएस सम्मको तिव्र गतिको ब्रोडब्याड इन्टरनेट सेवाको साथै आईपीमा आधारित भ्वाइस सेवा र आइपीटिभी सर्भिस् लिन सक्नेछन् ।
यता जिएसएम मोवाईल तर्फ फोरजीका ग्राहक पनि बढिरहेका नेपाल टेलिकम पाल्पाका इन्जिनियर बिशाल भण्डारीले बताउनुभयो । फोरजी डाटा चलाउन १०० रुपैयाँमा ५ जिबि र २०० रुपैयाँमा १२ जिबि डाटा साथै पोष्टपेड तथा प्रिपेडमा सजिलो अनलिमिटेड प्याकेज उपलब्ध भएकाले पनि फोरजी प्रयोगकर्ता बढेका हुन् ।









