दिपक भट्टराई
रिब्दीकोट गाउँपालिका पाल्पाले म बनाउछु मेरो रिब्दीकोट अभियान अन्तर्गत आज ८ वटै वडा र हार्थोक बजार देखि बतासे बजार सम्मको मुल सडकको फोहोरमैला ब्यबस्थापन, नाली ब्यबस्थापन र बाटाका खाल्डा खुल्डी पुर्ने काम सम्पन्न गरेको छ ।
गाउँपालिकाले सामुहिक रूपमा काम गर्ने संस्कार र सस्कृतिको विकास गरी स साना कार्यहरूलाई समुहिक रूपमा सम्पन्न गरि पालिकाको विकास गर्नको लागि गाउँपालिकाले अभियान सञ्चालन गरेको हो





गाउँपालिका भित्रका रहेका सडकहरु वर्षाका कारण विगेपछि मानिसहरलाई सडकहरुमा हिडडुल गर्न,घाँस ,दाउरा ल्याउन तथा गाईवस्तु चराउन दैनिक खाल्डा खुल्डी भएको सडकमा हिडनु पर्ने अवस्था रहेको भन्दै यस्तो अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो ।
अध्यक्ष कार्की केही मात्रामा भएपनि दुर्घटना रोक्न सकिने भएकाले साँगुरो सडक केहि फराकिलो बनाई बिच बाटोमा रहेका खाल्डा खुल्डी पुर्ने,बाटोवरपरका रहेका झार ओखल्ने,बाटो छेकेका झाडी काटने तथा सडकको फोहोरमैला ब्यबस्थापन, नाली ब्यबस्थापनको काम गरेका जानकारी दिनुभयो ।
कार्यपालिका सदस्य शुनिल बस्यालले गाउँपालिकाले म बनाउछु मेरो रिब्दीकोटअभियान अन्तर्गत सुरु गरेको अभियानले गाउँपालिकालाई सुन्दर एवम समृद्धि रिब्दीकोट बनाउन सहयोग पुग्ने तथा थप उदाहरणीय कार्यको रुपमा चिनाउने हुनाले यस्तो सामाजिक कार्यमा सबैको सहयोग तथा उपस्थिति रहनुपर्ने बताउनु भयो ।

स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले पालिकाले हरेक महिनाको १ दिन विभिन्न क्षेत्रमा स्वतस्फूर्त रुपमा श्रमदान गरी समृद्धि रिब्दीकोटमा बनाउने कार्यमा सहभागी बन्नको लागी सबै रिब्दीकोट बासिलाई अनुरोध गर्नुभयो । पालिकाले हरेक महिना १ दिन स्वईच्छिक रुपमा अभियान संचालन गर्दै छ।
अभियानमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि , सुरक्षाकर्मी र स्थानीय नागरिकहरुको सक्रिय सहभागितामा पहिलो दिनको अभियान कार्य सम्पन्न भएको सुचना प्रविधि अधिकृत हेमेन्द्र कुँवर बताउनु भयो ।










