
अर्घाखाँची । पाणिनी गाउँपालिका २, पोखराथोकमा शनिवार फेला परेको युवाको शवमा हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
पाणिनी २, पोखराथोकको डाँडाकटेरी जंगलमा भेटिएको शव मालारानी गाउँपालिका वडा नम्बर-२ का ४५ वर्षिय विष्णु पाण्डेको भएको प्रहरीले पुष्टी गरेको छ । शवको सनाखत भएसंगै हत्या आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ४ दिनदेखि बेपत्ता भनिएका कुलचन्द्र गौतम ( दिपक) प्रहरी नियन्त्रणमा छन् । ४ दिन अँघी हराएका दुई जना मध्ये एक जनाको शव फेला परेको तथा अर्का सुनौली नाका बाट पक्राउ परेका छन् ।
उनीहरु दुई जना बिच आर्थिक लेनदेनले खटपट थियो । केही दिन अँघी उनीहरु बिच झगडा समेत भएको स्थानियले बताएका छन् । हत्याको आशंकामा प्रहरीले सोधपुछ गरिरहेको छ । घटनाको छानबिन सकिएपछी मात्र हत्या हो वा होईन भन्ने पुष्टी गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको












