
दिपक भट्टराई पाल्पा -१५ साउन
गैर सरकारी सँस्था कारीतास नेपाल पाल्पाले जिल्ला सरोकार वाला निकायहरु सगँ परियोजना परिचयात्मक तथा समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
सि आर यस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कारीतास नेपाल पाल्पाले गरेको कार्यक्रमको समन्वय तथा सहकार्य तानसेन नगर पालिका तथा रिब्दीकोट गाउँपालिका र वगनासकाली गाउँपालिकाले गरेका थिए ।




संस्थाले मुख्य रुपमा विपदको समयमा आपतकालिन राहत,पृर्ननिर्माण पुर्नलाभ तथा कृषि क्षेत्रमा काम गदै आएको कारीतास नेपाल पाल्पाका कार्यक्रम संयोजक हरिस सिंह कुवँरले बताउनु भयो ।
संस्थाको पृष्ठभुमी, तथा पाल्पा जिल्लामा संचालित परियोजनाका मुख्य रणनितिक उदेश्य बारे बताउदै कार्यक्रम संयोजक हरिस सिंह कुवँरले जिल्लामा हाल,तानसेन नगर पालिका ,रिब्दीकोट गाउँपालिका र वगनासकाली गाउँपालिकामा कार्यक्रम संचालन गदै आएको र आग्रामी दिनमा यसको क्षेत्र फराकिलो पादै लगिने बताउनु भयो ।

संस्थाले जीविकोपार्जन अन्र्तगतका क्रियाकलापमा कृषकहरुलाई अदुवा र साना व्यवसायहरुलाई सहयोग,क्षमता अभिवृद्वि तालिम,युवाहरुलाई जीविकोपार्जन सम्बन्धी तालिम,प्राविधिक सहयोग तथा उत्पादित वस्तुको बजारीकरण र पृर्वाधारमा सहयोग गदै आएको छ भने कोभिडबाट प्रभावित भई रोजगारी गुमाएका तथा अति विपन्न युवाहरुलाई आर्यआर्जनका अवसर प्रदान गरी अनुदान दिनुकाका साथै सामाग्री सहयोग गरेको छ ।

संस्थाले तानसेन नगरपालिकाका १०,१२ र १३ नम्बर वडा वगनासकाली गाउँपालिकाका ७,८ र ९ नम्बर वडा र रिब्दीकोट गाउँपालिकाका ७ र ८ नम्बर वडामा गरी ६०१ जना कृषानहरुलाई अदुवा विउ वितरण साथै कोभिडका कारण रोजगारी गुमाएका १८ देखि ४० वर्षसम्मका ५४ जना युवाहरुलाई विभिन्न विषयमा व्यवसाय गर्नको लागि सुरुवाती कोष अनुदान स्वरुप १ जना बराबर रु ४०००० का दरले सहयोग गरेको जानकारी दिएको छ ।

संस्थाको १ वर्षको बजेटमा जिविकोपार्जनमा ४६ प्रतिशत,विपद जोखिम न्युनिकरण्मा २८ प्रतिशत र अन्य गतिविधि जस्तै अनुगमन,समुह बैठक लगायतमा ५ बजेट प्रतिशत गरी ७९ प्रतिशत बजेट परियोजनामा तथा २१ प्रतिशत बजेट मात्र कर्मचार िखर्चमा जाने कार्यक्रम संयोजक हरिस सिंह कुवँरले बताउनु भयो ।
कार्यक्रममा बोल्ने महानुभावहरुले कारीतास नेपाल पाल्पाले जिल्लामा गरेका कामको प्रशंसा गदै,राम्रो काम गरेको हुनाले आउने दिनमा जिल्लाका सबै स्थानिय तहमा काम गर्ने गरि अगाडी बढ्न सुझाव दिएका छन ।भने किसानले उत्पादन गरेका कृषि उपजको बिक्री वितरणको सुनिश्चितता गरिनुपर्ने कुरामा सबैको जोड रहेको थियो । कार्यक्रममा तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा सिँजाली,वगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी,रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की,प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुखहरु जिल्ला समनव्य अधिकारी, जिल्ला स्थित विभिन्न सरकारी कार्यलयका प्रमुख,पत्रकार महासघंका अध्यक्ष,वडा अध्यक्षहरु,जिल्ला गैर सरकारी संस्थाका प्रमुख,तथा प्रतिनिधीहरु विभिन्न सरोकार वाला तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।रवि जिसीको अध्यक्षता तथा विना ढकालको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।










