दिपक भट्टराई , २० साउन २०७९




पाणिनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना अड्गुरी स्वास्थ्य चौकिको सह आयोजनामा ग्रामिण अल्ट्रासाउन्ड सेवा र सुरिक्षत गर्भपतन सेवा सुभारम्भ कार्यक्रम अडगुरि स्वास्थ्य चौकिमा सम्पन्न भएको छ ।
कार्यक्रमको समुदघाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले गर्नुभएको थियो ।अडगुरि स्वास्थ्य चौकि बाट नियमित रुपमा दिइदै आएका सेवा सगै यि दुइ सेवा अब थप भएका हुन।
ग्रामिण अल्ट्रासाउन्ड सेवा भने पाणिनि गाउपालिका अन्र्तगत रहेका अन्य ७ वटा स्वास्थ्य चौकिहरुमा पनि समय तालिका बनाएर घुम्ति सेवाको रुपमा सन्चालन हुने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै इच्छा नहुदा नहुदै बसेको गर्भलाई नेपालको कानुनमा भएको ब्यबस्था बमोजिम इच्छा १० हप्ता सम्मको गर्भलाइ औषधि खुबाएर गरिने बिधिबाट गर्भपतन सेवा उपलब्ध हुनेछ ।दुबै सेवाको लागि फोकल पर्सन ग्रामीण अल्ट्रासाउन्ड सेवाको लागि सि।अ।न।मि ।नि। बिष्णु घिमिरे र सुरछित गर्भपतन सेवाको लागि अ।न।मि। सिता घिमिरे रहेको पालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गर्भमा रहेको बच्चाको अबस्था तथा आमाको स्वास्थ्य अवस्था बुझनका लागि अल्ट्रा साउण्ड अनिवार्य गर्नुपर्ने भएकोले यो सेवा बिस्तार गरेको बताउनुभयो । अध्यक्ष न्यौपानेले गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलाहरुलाई सेवा पुग्ने बताउनुभयो ।
उपाध्यक्ष नर्मदा पौडेलले गाउँमै अल्ट्रा साउण्ड सेवा पाएपछि विरामीहरुलाई केही मात्रामा भएपनि सेवा पुग्ने बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले अल्ट्रा साउण्ड गर्न सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको बताउदै वडा तथा पालिकाबाट प्रदान गरीएका स्वास्थ्य सेवाको सबैले प्रयोग गर्न आग्रह गर्नुभयो ।

वडा अध्यक्ष गुनाखर अधिकारीले सुत्केरी हुन अघि गर्भवतीमा बच्चा रहँदा पटक–पटक गर्नुपर्ने अल्ट्रा साउण्ड सेवाका लागि र बालवालिका सबै स्वास्थ जन्माउने उद्देश्यले यो सेवा बिस्तार गरेको हुनाले सेवा लिन आग्रह गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले सेवाको गुणस्तरीयता दिगोपनाको लागि सम्बन्धित स्वास्थ्य कर्मि , स्वास्थ्य सस्था प्रमुख तथा गाउपालिका स्वास्थ्य शाखाको जिम्मेवारी हुने हुँदा यसरी सुरु भएको सेवाहरु पुर्ण रुपमा निशुल्क र गोपनियता सहित उपलब्ध बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत,जि स स सदस्य वडा लगायत जनप्रतिनिधिहरु,राजनितिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मिहरु, महिला स्वास्थ्य स्वयम सेबिकाहरु ,स्वास्थ्य शाखा बाट संयोजक सहसंयोजक ,स्टार्फ नर्स,स्थानिय र सेवाग्राहिहरुको समेत उपस्थिति रहेको थियो।










