ट्रेन्डिङ

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

अर्घाखाँचीमा माओवादी र पूर्व माओवादीबीच चुनावी प्रतिस्पर्धा

काठमाडौँ भदौ ५
भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। वर्षौँसम्म संगत गरेका प्रिय साथीसँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्छ। अझ संसदीय प्रणालीमा त आलोचना, छेडछाड र गालीगलौज मात्र होइन, जित्नकै लागि विभिन्न तिकडम गर्न पछि पर्नुहुँदैन भन्ने नेपालका नेताहरुले अभ्यासमै देखाएका छन्। यस्तै अवस्थामा पुगेका छन्– माओवादी केन्द्रका स्थायी समिति सदस्य डिलाराम आचार्य र पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी।
दुई वर्षअघि (२०७७) माओवादी छाडेका टोपबहादुर अहिले एमाले केन्द्रीय सचिव छन्। डिलाराम माओवादी केन्द्रको स्थायी समिति सदस्य छन्। दुवैको गृहजिल्ला अर्घाखाँची हो। यसपालिको चुनावमा जिल्लामा माओवादी र पूर्वमाओवादीबीच चुनावी भिडन्त हुने लगभग पक्का छ।
दुवैको राजनीति तत्कालीन मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालको विद्यार्थी संगठनबाट पञ्चायतीकालमै भएको थियो। मंसिर ४ का लागि तय भएको प्रतिनिधि सभा चुनावमा दुवै जना उम्मेदवार बन्दैछन्, त्यो पनि गृहजिल्ला अर्घाखाँचीबाटै।
अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र छ। त्यही एउटा क्षेत्रमा माओवादी भर्सेस् पूर्वमाओवादीबीच प्रतिस्पर्धा हुने नेताहरु बताउँछन्। रायमाझी एमालेबाट उठ्दैछन् भने आचार्यलाई माओवादी केन्द्रले गठबन्धनका तर्फबाट उम्मेदवार बनाउँदैछ। आचार्य अहिले पाँच दलीय गठबन्धनबाट सो क्षेत्रको उम्मेदवार बन्ने लगभग निश्चित भएको बताउँछन्।
२०७४ मा तत्कालीन माओवादी केन्द्रबाट रायमाझीले सो क्षेत्रमा जितेका थिए। डिलाराम पनि राष्ट्रिय जनमोर्चाका पूर्वसांसद हुन्।
रायमाझी र आचार्यको राजनीतिक यात्रा
२०३४/०३५ देखि पञ्चायती व्यवस्था अन्त्यको लागि यी दुई नेता मसाल बनेका थिए। जिल्लामा उनीहरु लडाकू स्वभावका नेता मानिन्थे।
टोपबहादुर २०४६ मा अखिल छैठौँको अध्यक्ष भए। तर, २०४८ मा टोपबहादुरले मसाल छाडे। २०४८ को संसदीय चुनावमा उनी संयुक्त जनमोर्चाका तर्फबाट उम्मेदवार थिए। उनी बाबुराम भट्टराई, हरिबोल गजुरेल, राम कार्कीसहितका नेताहरुसँग प्रचण्ड नेतृत्वको तत्कालीन एकता केन्द्रमा मिसिए– पार्टीको नाम रह्यो नेकपा माओवादी।
माओवादीले २०५२ सालमा दीर्घकालीन जनयुद्ध थाल्यो। त्यसमै सहभागी भए टोपबहादुर। जनयुद्धमा अनिल लगायतका नामले चिनिएका उनले जनयुक्ति सेनाको कमान्डरका रुपमा पनि काम गरे। उनी योङ कम्युनिस्ट लिग ९वाईसीएल० का संस्थापक संयोजक पनि हुन्।
२०५४ मा माओवादीको पोलिटब्युरो सदस्य बनेका टोपबहादुर दुई पटक माओवादीको प्रवास ब्युरो इन्चार्ज भए। २०५८ सालमा उनी पश्चिमाञ्चल इन्चार्ज बने। यस्तै, माओवादीको सचिवालय सदस्य र मधेश इन्चार्ज बनेर काम गरे।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन हुँदै माओवादी शान्ति प्रक्रियामा आयो। उनी प्रभावशाली नेतामै पर्थे। २०६४ को पहिलो संविधान सभा, २०७० को दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा चुनावमा रायमाझी अर्घाखाँचीबाट सांसद निर्वाचित भए। २०७४ को चुनावमा ५० हजार मत कटाउने रायमाझी माओवादीका एक्ला नेता थिए।
टोपबहादुर चार पटक मन्त्री भए। पहिलो पटक स्थानीय विकासमन्त्री भएका उनी उर्जामन्त्री पनि भए। २०७५ मा एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बन्यो। तर, ५ पुस २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे। त्यसले नेकपाभित्र शक्ति संघर्ष चुलियो।
ओलीविरुद्ध नेकपाका बहुमत नेताहरु सडक संघर्षमा उत्रिए। संघर्ष चर्किएकै बेला २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपा भंग गरिदियो। एमाले र माओवादी पुरानै अवस्थामा फर्किए। माओवादी नेता माओवादीमै फर्किए पनि टोपबहादुरसहित रामबहादुर थापा, मणि थापा र प्रभु साह एमालेमै बसे।
उनीहरु एमालेमै बसेकाले माओवादीले कारबाही गर्यो, उनीहरुले सांसद पद गुमाए। अब मंसिर ४ मा हुने चुनावमा टोपबहादुर फेरि जितेर सिंहदरबार आउने योजनामा छन्। उनले एमालेबाट उम्मेदवारको एक्लो दाबेदार भएको बताएका छन्।
‘एमालेबाट म एक्लै उम्मेदवारको दाबेदार हुँ,रायमाझीले नेपालखबरसँग भने, ‘चुनावको तयारीमा लागिसकेको छु, अहिले पनि प्रशिक्षण र भेलामै छु।’
तर, पहिलेजस्तो चुनावमा जित्न सहज नभएको उनले स्वीकार गरे।
‘स्थानीय तहमा धेरै पालिका जिताएकोले मैले जित्ने सम्भावना बढी नै छ, उनले थपे, ‘प्रतिस्पर्धा तीव्र हुने भएकोले यसै भन्न सक्ने अवस्था छैन। जित निकाल्न प्रयत्न गरिरहेको छु।’
उता, डिलाराम आचार्यको राजनीतिक आवद्धता फरक छ। उनी लामो समय प्रवासमा रहेर मसालको राजनीति गरेका नेता हुन्। उनी सो पार्टीको प्रवास इन्चार्ज थिए।
नेपालमा २०४६ चैत २४ गतेदेखि जनआन्दोलन सुरु भयो। उनी भारतबाट २५ गते नेपाल फर्र्किए। त्यसपछि पनि उनको जिम्मेवारी प्रवासकै थियो। २०५६ मा उनले मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चाबाट अर्घाखाँची जिल्ला क्षेत्र नम्बर १ बाट संसदीय चुनाव जिते। त्यसपछि बागमती क्षेत्रीय ब्युरो इन्चार्ज र किसान संघको अध्यक्ष भए।
जनयुद्ध उत्कर्षमा पुग्यो। सांसदहरुले पुरै काम गर्न पाएनन्। २०५८ मा संकटकाल लाग्यो। २०६१ मा राजा ज्ञानेन्द्रले सत्ता आफ्नै हातमा लिएपछि जनआन्दोलनका लागि संसदमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चासहित सात दल एकै ठाउँ जुटे।
जंगलमा माओवादीको आड र संसदमा ७ दलको सहकार्यले २०६२/०६३ मा ऐतिहासिक जनआन्दोलन भयो। राजाले सत्ता फिर्ता गरे। फेरि संसद् ब्युँतियो। २०५६ देखि २०६४ सम्म सडक र सदनमा आन्दोलन गरेको उनले स्मरण गरे। यो समयमा देशका सबै जिल्ला घुमेको उनले बताए।
२०६७ जेठमा डिलारामसहित दधिराम न्यौपाने, गिरिधारीलाल न्यौपाने, निमानन्द गैरेसहित १७ नेताले मसाल छोडेर तत्कालीन एमाओवादीसँग एकता गरे।
१९ वर्षपछि भेट, १० वर्ष एकैठाउँ
डिलाराम २०१८ सालमा जन्मेका हुन्। टोपबहादुर रायमाझी २०१७ सालका छन्। उमेरले टोपबहादुर डिलारामका दाइ हुन्। उमेरमा अन्तर भए पनि दुवैबीचको सम्बन्ध सुमधुर छ।
०४८ मा छुटेका डिलाराम र टोपबहादुरको भेट १९ वर्षपछि अर्थात् २०६७ मा भयो। लामो समय मसालको राजनीति गरेका डिलाराम पनि पार्टी छोडेर माओवादीमा मिसिएपछि दुई नेता एकै ठाउँ भए।
२०७० मा भएको दोस्रो संविधान सभा चुनावमा डिलाराम समानुपातिक सांसद बने। टोपबहादुरले प्रत्यक्षमै अर्घाखाँची १ बाट चुनाव जिते। उनले लुम्बिनी प्रदेशबाट जित्ने एक मात्र माओवादी नेताको छवि बनाए।
टोपबहादुरले रेकर्ड राख्दा हारे डिलाराम
संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधि सभा चुनावको नतिजाले डिलारामलाई झड्का दियो। २०७४ को प्रतिनिधि सभा चुनावमा एमाले–माओवादी केन्द्रबीच तालमेल थियो।
अर्घाखाँचीमा एउटा मात्र निर्वाचन क्षेत्र भयो। जसमा टोपबहादुर उठे।
टोपबहादुरले अर्घाखाँचीको पुरानै क्षेत्रबाट निरन्तर जित निकाल्दै माओवादी केन्द्रमै सबैभन्दा बढी मत पाउने नेताको रेकर्ड बनाए।
उनले ५० हजार ३८५ मत ल्याएर नेपाली काँग्रेसका डा। रामबहादुर बिसीलाई हराए। बिसीले ३१ हजार ९४१ मत पाए। डिलाराम भने रुपन्देही–५ बाट उठे। तर, उनी कांग्रेससँग पराजित भए। कांग्रेसका भरतकुमार साहले ३३ हजार ८८ मत ल्याउँदा आचार्यले २० हजार४३८ मात्र मत पाए।
पराजयपछि सिंहदरबार छिर्ने उनको योजना पुरा भएन। टोपबहादुर भने सिंहदरबार छिरेर मन्त्री बने।
तर, टोपबहादुरसँग आफूले उचित दुरी राखेको डिलारामले बताए।
‘गाडीमा लेखेको हुन्छ नि, ‘किप राइट डिस्ट्यान्स’ भनेर, म दुरीमा बसेँ,’ उनले नेपालखबरसँग भने, ‘मैले आफैँले केटी मागेर उहाँको बिहे गरिदिएको हुँ, तर मन्त्री भएपछि दुरी बढ्यो, डिस्ट्यान्समा बस्न थालेँ।’
चुनावबारे के भन्छन्रु
टोपबहादुरले चुनावको सबै तयारी गरिसकेको बताएका छन्। उनको विश्लेषणमा डिलारामभन्दा पनि कांग्रेस प्रतिस्पर्धी हो। किनभने अर्घाखाँचीमा कांग्रेसको मत बढी छ। दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा राष्ट्रिय जनमोर्चा छ।
तर, डिलाराम पूर्वसहकर्मीसँगै चुनावमा होमिन पाउनुलाई सुवर्ण अवसर ठान्छन्।
‘टोपबहादुरजीसँग चुनावमा भिड्ने यो मेरो लागि सुवर्ण अवसर हो,’ डिलारामले भने, ‘अब त्यो अवसर सदुपयोग हुन्छ।’
तर, उनले टिकट पाउने, नपाउने अझै निश्चित छैन। किनकि गठबन्धनले सिट संख्या टुंगो लगाएको छैन।
डिलाराम भने यसअघि माओवादीले प्रत्यक्षमा जितेको सिट अहिले पनि पाउने सहमति जुटिसकेकोले आफूले अर्घाखाँचीमा उम्मेदवारी पाउनेमा आफू ढुक्क रहेको बताउँछन्। पाथिभरा डेली डटकम साभार

सम्बन्धित खवर