ट्रेन्डिङ

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

डेंगु ज्वरो लक्षण, रोकथाम र घरेलु उपचार

हाम्रा घर, गाउँ, छिमेक, कार्य क्षेत्रमा आफन्त, छिमेकीहरु, साथीभाइहरु, विद्यार्थीहरु डेंगु भएर उपचार गराइरहनुभएको र आराम गरिरहनुभएको अनि उहाँहरुको डेंगु ज्वरोबाट प्रभावित हुँदाका अनुभव पनि सुनिरहेका छौं । सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि सन् २०१९ सम्म ६८ जिल्लामा कुल १७ हजार ९९२ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो छ । सरकारले डेंगु ज्वरोबाट चितवन, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, पर्सा, रुपन्देही, रौतहट, सर्लाही, सप्तरी र झापा जिल्लालाई उच्च जोखिममा लिए तापनि केही वर्षदेखि मध्य पहाड र त्यस बाहिर फैलिने क्रम बढेको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण लामखुट्टेको वृद्धिदर बढ्दो छ । पृथ्वीको बढ्दो तापक्रम, अनियन्त्रित शहरीकरण, बढ्दो यातायात र लामखुट्टे नियन्त्रण प्रभावकारी हुन नसक्दा डेंगु समतल र पहाडी क्षेत्रहरूमा फैलिएको हुनसक्छ । त्यसैले दिनप्रतिदिन डेंगु ज्वरोका कारण बिरामी हुने दर पनि बढ्दो छ । तसर्थ सरकारले सम्भावित प्रकोपको बारेमा छिटो छरितो सतर्कता अपनाएर र डेंगुको रिपोर्टिङ गर्ने प्रणालीको विकास गरेको छ । तथापि डेंगुको प्रकोपलाई रोक्न सरकार र स्वास्थ्य क्षेत्रको सक्रियता पर्याप्त भने हुन सकेको छैन । भविष्यमा डेंगुको महामारीलाई कम गर्न निदान र स्रोतहरूको उपलब्धता बढाउन तत्काल उपायहरू अपनाउन र जनचेतना फैलाउन पनि आवश्यक छ । तसर्थ यस लेखमार्फ जनचेतना अभिवृद्धि गर्ने जमर्को गरिएको छ । डेंगु ज्वरो ‘आर्बोभाइरस’ को कारणले हुन्छ । जुन भाइरस पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने गर्दछ । डेंगु संक्रमित व्यक्तिलाई टोक्दा एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे पनि डेंगु भाइरसबाट संक्रमित हुन्छ । यस लामखुट्टे वर्षाको मौसममा वृद्धि हुन्छ । तर, पानीले भरिएको फूलको भाँडो, प्लाष्टिकको झोला र क्यानमा वर्षैभरि वृद्धि भइरहन्छ । संक्रमित लामखुट्टेको टोकाइले रोग लाग्नसक्छ । तर, डेंगु ज्वरो सीधै एक व्यक्तिबाट अर्कोमा सर्दैन । डेंगु ज्वरोको कारक भाइरसलाई मध्यवर्ती भेक्टरको रुपमा लामखुट्टले एक व्यक्तिबाट अर्को व्यक्तिमा लैजान्छ । मानिसहरूमा डेंगु भाइरसका चार मुख्य सेरोटाइपहरूमा डेन भी( १, डेन भी( २, डेन भी( ३ र डेन भी( ४ हुन्छन् । यीमध्ये कुनै पनि सेरोटाइपको संक्रमणले मानिसहरूमा आजीवन प्रतिरक्षा प्रदान गर्दछ । मनसुनपछिको समयलाई डेंगु भाइरसको उच्च प्रभावित सिजन मानिए पनि नेपालमा प्रि(मनसुन, मनसुन र मनसुनपछिको सिजनमा डेंगु ज्वरोको प्रकोप देखिएको छ ।
डेंगुका लक्षण
डेंगु ज्वरोका लक्षणहरुमा ज्वरो अत्यधिक आउने, शरीर काम्ने, टाउको दुख्ने, आँखा दुख्ने र रातो हुने, अनुहार रातो देखिने, तल्लो ढाड दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, र खुट्टा तथा जोर्नीहरूमा गहिरो दुखाइ अनुभूति हुने हुन्छ । साथै पेट, छाती र ढाडमा स(साना राता दानाहरु देखिन्छन् । तथापि डेंगु ज्वरोका एकदमै देखिने तीनवटा लक्षणमा ज्वरो, टाउको दुख्ने र शरीरमा राता दानाहरु देखिने हुन् । यी लक्षण देखिए तुरुन्त अस्पतालमा गएर डाक्टरको सल्लाहअनुसार रगत, पिसाब अनि र डेंगुको जाँच गराउनुपर्छ ।
जाँचपश्चात कुनै अरु समस्या छैन भने घरमै बसेर उपचार गराउन सकिन्छ । ज्वरो आउने र टाउको दुख्ने, खोकी लाग्ने, शरीरमा स(साना बैजनी रङका दाना, ठूला निला डाम, पेट दुख्ने, कफी रङको वान्ता हुनुन डेंगुको अत्यन्तै गम्भीर प्रकृतिका लक्षणहरु हुन् । यस्तो अवस्थामा तुरुन्तै आफ्नो नजिकको अस्पातल जानुपर्छ ।
डेंगु ज्वरो भाइरसबाट लाग्ने भएकाले यसको उपचारको लागि कुनै खास औषधि वा एन्टिबायोटिक छैन । डेंगु ज्वरो कुनै विशिष्ट उपचारविनै आफैं निको हुन्छ । तर पनि सामान्य डेंगुको लागि, लक्षणअनुसारको उपचार गर्न सकिन्छ । जस्तैः ज्वरो आएमा, धेरै टाउको, जोर्नी र मांसपेशी दुःखेमा डाक्टरको सल्लाहअनुसार सिटामोल र कोडिन चक्की खान सकिन्छ । ज्वरोका कारणबाट हुने जलवियोजनबाट शरीरलाई बचाउन शरीरका लागि आवश्यक पर्याप्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्दछ र आराम गर्नुपर्दछ ।
रोकथाम
डेंगुको रोकथाम गर्न रोग निम्त्याउने भाइरस बोक्ने लामखुट्टेको नियन्त्रण वा उन्मूलन आवश्यक हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न लामो पाइन्ट र लामो बाहुला भएको लुगा लगाउनुपर्छ । व्यक्तिगत सुरक्षाको लागि डेंगुको महामारी भएको ठाउँमा जाँदा लामखुट्टे निरोधक स्प्रेहरू प्रयोग गर्नुपर्छ । झूलको प्रयोग गरेर सुत्ने बनी बसाल्नुपर्छ ।
लामखुट्टेको वृद्धि कम गर्न घर वरिपरि भएका खाल्डाहरु पुर्ने र पानी जम्न दिनु हुँदैन । पानी जम्ने पोखरी तथा खाल्डाहरुमा कीटनाशक विषादी प्रयोग गर्नुपर्छ । लामखुट्टे भगाउने गुण भएका लेमनग्रास वा तुलसी भाँडोमा पनि रोप्न सकिन्छ । यदि बगैंचा छ भने नीमको रुख रोप्न सकिन्छ । सुकेका नीमका पातहरू जलाएर, आफ्नो वरपरको लामखुट्टेलाई भगाउन सकिन्छ ।
विशेषगरी शहरी क्षेत्रमा प्रायः घर वा अन्य स्थानमा लुकेका लामखुट्टेहरुले कुनै पनि समयमा टोक्नसक्छ । पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे विशेष गरेर सूर्योदय र सूर्यास्तको वरिपरि धेरै सक्रिय हुन्छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न सूर्योदय र सूर्यास्तअघि दुई घण्टा घरबाट बाहिर नजाँदा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
घरेलु विधिबाट पनि डेंगुको उपचारमा सहयोग पुग्छ । केही विधि निम्न छन्ः
१) मेवाको हरियो पातको रसले रगतमा प्लेटलेटको संख्या बढाउनुका साथै प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसले डेंगुको उपचारमा पनि मद्दत गर्छ । मेवाको पातको रस दुई चम्चा दिनमा तीन पटक ६ घण्टाको अन्तरालमा सेवन गर्नु उपयुक्त हुन्छ ।
२) अम्बाको रसमा धेरै पोषक तत्वहरू हुन्छन् । भिटामिन सी प्रशस्त मात्रामा पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले मद्दत गर्छ । एक कप अम्बाको ताजा रस दिनमा दुई पटक पिउने वा ताजा अम्बा पनि खान सकिन्छ ।
३) मेथीको दानामा पनि धेरै पोषक तत्व जस्तै भिटामिन सी, के र फाइबर प्रशस्त पाइन्छ । एक कप तातोपानीमा मेथीको दाना भिजाइ पानी चिसो बनाएर दिनमा दुई पटक पिउँदा डेंगु ज्वरोलाई नियन्त्रण गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।
४) आहारमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरू जस्तैः सुन्तला, कागती, अमला, अनार, फर्सी, तीते करेला, लसुन, बदाम, बेसार, दालचिनी, तेजपत्ता, अदुवाको धूलो आदिको सेवन गर्न सकिन्छ ।
५)पानी उमालेर त्यसमा नीमका पातहरू केही बेर डुबाएर पिउनाले रगतमा प्लेटलेट, सेतो रक्तकोषको संख्या बढ्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ्छ र शरीरलाई बलियो बनाउँछ ।
६) किवीको फलमा धेरै खनिज र पोषक तत्वहरू हुने हुँदा डेंगु ज्वरोका कारण अनुभव गरिएका थकान र कमजोरी हटाउन नियमित रूपमा किवीको जुस पिउन सकिन्छ ।
७) तुलसी र मरिच दुइटैमा एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरका कोषहरु क्षति हुनबाट बचाउँछ । तुलसी र मरिचको थोरै मात्रामा नियमित रूपमा सेवन गर्नाले डेंगु भाइरसलाई हटाउन मद्दत गर्छ ।
८) चुकन्दरमा फलामको मात्रा अत्यधिक हुने हुँदा रक्त कोशिकाको उत्पादन बढाउनु र रगतलाई शुद्ध गर्न ठूलो भूमिका खेल्ने हुँदा डेंगु संक्रमणका लक्षणहरू जस्तै थकान र दुखाइविरुद्ध लड्न मद्दत गर्छ । चुकन्दर र कागतीको रस सेवन गर्नाले शरीरमा आइरनको अवशोषण पनि बढाउँछ ।
लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुर नर्सिङ क्याम्पस स्कूल अफ नर्सिङ एन्ड मिडवाइफरीकी सहायक प्राध्यापक हुन् ।

सम्बन्धित खवर