दिपक भट्टराई
रिब्दीकोट गाउँपालिका पाल्पाले पालिका भित्रका जनताहरुको स्वास्थ्य सुधारका गर्नका लागि निशुल्क विशेषज्ञ डाक्टर सहितको सेवा को सुरुवात गर्न लागेको छ ।स्वास्थ्य मानिसको सबैभन्दा ठुलो विषय रहेको हुनाले मानिस स्वास्थ्य भएर बाच्नका लागि उपचार राम्रो हुनुपर्ने तेसका लागि पालिकाले निशुल्क विशेषज्ञ डाक्टर सहितको सेवा को सुरुवात गरेका गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो । अध्यक्ष कार्कीले सामान्य चेक जाच गर्नको लागि अब जिल्लाका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउदै प्रदान गरीएका स्वास्थ्य सेवाको सबैले प्रयोग गर्न आग्रह गर्नुभयो । गाउँपालिका अन्तर्गत खस्यौली प्रा.स्वा.केन्द्र मा रिब्दीकोट गाउँपालिका र लुम्बिनी मेडिकल कलेज विचको सम्झौता अनुसार नागरिकहरुले आफ्नो नजिकको सरकारबाट सेवा पाउने अवस्था सृजना गर्ने संघीय शासन व्यवस्थाको मुलमर्म अनुरुप स्वस्थ जीवनयापन गर्न पाउने नागरिकको मौलिक अधिकारको सुनिश्चितताको प्रत्याभूति दिलाउने उदेश्यले हेरक १५र१५ दिनमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य शाखा संयोजक शुनिल अधिकारीले बताउनु भयो ।




गाउँपालिकाको आ.व.२०७९र०८० को एकीकृत स्वास्थ्य कार्यक्रम अन्तर्गत मिति २०७९।०५।२३ गते जनरल फिजिसियन डाक्टर आउने हुने भएको हुदा स्वास्थ्य संस्थामा आउनुहुने विरामी स्किनिङ गरि विरामीहरुको विवरण सम्बन्धि विरामीहरुले खस्यौलि डिउटी नम्बरमा जुनसुकै समय वा सम्बन्धि वडाको स्वास्थ्य संस्था मार्फत ९८६५३०६६८८ नाम टिपाउन सकिने पालिकाकाले जनाएको छ । हरेक १५र१५ दिनमा विशेषज्ञ सेवा संचालनमा ल्याउने भएको हुदा सबैले सबै रोगको उपचार गर्न पाउने तर विरामीहरुले अगाडी नै आफ्नो समस्या सहित नाम टिपाई सेवा लिनको लागी पालिकाले सबैलाई अनुरोध गरेको छ ।










