दिपक भट्टराई
पाणिनी गाउँपालिकाले निजामती कर्मचारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिन्छ । पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा पालिकाका अन्य कर्मचारीहरु जनप्रतिनिधिहरु तथा आम सर्वसाधारणहरुकोे सहभागीता रहने पाणिनी गाउँपालिकाले जनाएको छ ।
रक्तदान गर्दा शरीरमा नयाँ रगत निर्माण हुने र शरीर स्वस्थ हुने गर्दछ । रक्तदान नै जीवन दान भएकाले यो पुण्य कार्यबाट रगतको अभाव पूरा गर्नका लागी सबैले रक्तदान गर्नुपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले बताउनु भयो । रक्तदान कार्यक्रम बुधवार विहान ११ बजेबाट सुरु हुने हुनाले कार्यक्रममा सबै राष्ट्रसेवक कर्मचारी,पालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु तथा आम सर्वसाधारण जनसमुदायलाई रक्तदान गरी निजामती दिवस मनाउन पनि प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले आग्रह गनुभयो ।
यसरी संकल्न गरीएको रगत बुटवल वल्र्ड बैकंमा पठाईने तर गाउँपालिकामा कसैलाई आवश्यक परेमा तत्कालै व्यवस्था गरीने प्रमुख प्रशासकिय अधिकृतको भनाई छ । निजामती दिवस अवसरमा अन्य स्थानिह तहमा विभिन्न कार्यक्रम गरेर मनाउन लाग्दा पाणिनी गाउँपालिकाले भने सेवा मुलक कार्य गरी दिवस मनाउन लागेको हो ।












