दिपक भट्टराई
निजामती कर्मचारी दिवसको अवसरमा पाणिनी गाउँपालिकाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।गाउँपालिकाको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले बताउनु भयो ।
पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा पालिकाका कर्मचारीहरु जनप्रतिनिधिहरु तथा आम सर्वसाधारणहरुको सहभागीता रहको पाणिनी गाउँपालिकाले जनाएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले पछिल्लो समयमा अस्पतालहरूमा डेंगु रोगका कारण विरामीहरूलाई रगतको अभाव भइरहेको बेला रगतको आपुर्ति गर्न रक्तदान कार्यक्रम सहयोग पुर्याउने बताउनुभयो । रक्तदान भनेको जीवन दान गरे सरहको कार्य रहेकोले यो पुर्णयको कार्यले कुनै पनि व्यक्तिको जीवन रक्षा गर्ने बताउनुभयो । उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुबाट ६० युनिट रगत संकलन गरी रक्त सञ्चार सेवा केन्द्र बुटवलमा पठाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनुभयो । एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुने सबैलाई पालिकाले धन्यवाद दिएको छ ।













