दिपक भट्टराई
रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ५ मुझुङमा पुननिर्माण गरीएको कालीका देवि मन्दिरको उद्घाटन गरीएको छ । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । कालिका सामुदायीक बन क्षेत्र निमार्ण भएको कालिका मन्दिरमा लुम्बीनी प्रदेशमा रहेको बन तथा बातावरण मन्त्रालय बाट ४० लाख र स्थानीय उपभोक्ताको ४ लाख रुपैयाा जनस्रमदान बाट मन्दिर सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । नवर्निमित कालिका मन्दिर उद्घाटन गर्न पुग्नु भएका लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि बिर बहादुर रानाले धार्मीक पर्यटन बाट बिकास सम्भव रहेको भन्दै पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हुँदा अब गाउँ गाउँमा पर्यटन भित्राउने काम गर्नु पर्ने बताउनु भएको हो ।उहाँले प्रकृति संग मिलेर हामिले भरपुर्ण फाईदा लिएर गाउँको समृद्धी र बिकास संग जोडिन आग्रह समेत गर्नु मनित्र रानाले एतिहासिक र धार्मीक आस्थाका केन्द बाट हामिले धेरै कुराको पाठ सिकेर अगाडी बढ्नु पर्ने धाराण समेत राख्नु भयो । उहाँले सदरमुकाम आएका पर्यटकलाई जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पुर्याउन पर्यटन विकासको आवश्यकता रहेको भन्दै जिल्लामा ओझेलमा परेका थुप्रै धार्मीक र पर्यटकीय स्थल रहेको उल्लेख गर्दै यिनको विकास गरेर पाल्पा नमूना जिल्ला बनाउन पर्ने लुम्बीनी प्रदेश बाट आफुले सक्दो सहयोग गर्ने समेत बताउनु भयो ।




कार्यक्रममा गाउँपालिका अध्यक्ष रुक्मागंग भटराईले हरेक विकास निर्माणका कामहरु संगै शिक्षा, स्वास्थ्य, खानेपानि, सडक लगायतका क्षेत्रमा उल्लेख्य प्रगती गरेको र धार्मिक क्षेत्रका संरचना निर्माणमा पनि पालिका लागीरहेको बताउनुभयो। उहाँले गाउँ समाजको बिकासका लागी स्थानिय सरकारले मात्र गरेर नहुने भएकाले सबै जनताहरु एक साथ लाग्नु पर्नेमा जोड दिनुभयो ।

कालीका मन्दिर निमार्ण गरेर संगै सयौ वर्ष पहिला देखी यो मन्दिरको ईतिहास कायम राखेको भन्दै पुर्व डिआईजि राम कार्कीले निर्माणको कार्य राम्रो भएको भन्दै समयमै सम्पन्न गरेकोमा उपभोक्ता समिती तथा मन्दिर निमार्ण गर्न महत्पुर्ण भुमिका खेल्ने सबै प्रति धन्यबाद दिदै कालीका मन्दिरको महत्वका बारेमा बताउनु भयो ।

कार्यक्रममा बन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवाली राप्रपाका र्फसुराम पोखरेल समाजबादी बाट सारदा रायमाझी,नेकपा एमाले बाट गिता भटराई,जिल्ला समन्वय समिति सदस्य बिष्णु घिमिरे,लगाएतका अतिथिहरुले कालिका मन्दिरको बारेमा शुभकामना राख्नु भएको थियो ।कार्यक्रममा स्थानीय राजनिति दल स्थानीय जनप्रतिनिधि संघ सस्थाकाका प्रतिनिधि जिल्ला स्थीत सुरक्षा निकाय मन्दिर ब्यावस्थापन समिति लगाएतको उपस्थीत रहेको थियो ।कार्यक्रममा मन्दिर निमार्ण गर्ने क्रममा महत्पुर्ण योगदान दिने ब्याक्ती तथा सस्थालाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।
मन्दिर ब्यावस्थापन समिति अध्यक्ष नरेश कार्कीको अध्यक्षता स्थानीय समाजसेवी रेवन्त कार्कीको स्वागत तथा स्थानीय समाजसेवी अमर कार्कीको सन्चालनमा कार्यक्रममा सम्पन्न भएको हो ।










