काठमाडौं। राहदानी विभागले विभागसहित देशैभरका ७७ जिल्ला प्रशासन कार्यालय तथा १७ वटा इलाका प्रशासन कार्यालयसमेत कुल ९५ स्थानबाट लाइभ इनरोलमेन्ट र राहदानी ९पासपोर्ट० वितरणको काम गर्दै आए पनि त्रिपुरेश्वरस्थित राहदानी विभागमा भीड भने कम भएको देखिँदैन। सबै जिल्लाबाट राहदानी वितरण गर्न थालिएको छ। तर, जिल्लाबाट राहदानी वितरण पर्याप्त संख्यामा गर्न नसक्दा विभागमा भिड भइरहेको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादव बताउँछन्।
हामीले सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट लाइभ इनरोलमेन्ट र राहदानी वितरण थालेका छौं,ु उनले भने, यसमा केही प्राविधिक जनशक्तिको आवश्यकता छ। त्यसको केही कमी हुन सक्छ, जिल्लामा त्यसैले त्यहाँ अप्वाइन्मेन्ट नपाएर यहाँ आउनुभएको हुन सक्छ।यादवले राहदानी लिने प्रक्रिया यसअघि भन्दा थप व्यवस्थित गरिएको र यसलाई अझै व्यवस्थित गर्दै लैजाने बताए।
जिल्ला प्रशासन कार्यालय हाँकिरहेका एक कर्मचारी भने उपलब्ध स्रोत र साधन अनुसार जनशक्तिले भ्याउने जति दैनिक लाइभ इनरोलमेन्ट गरिएको बताउँछन्। राहदानीका लागि भनेर विभागले जिल्लामा छुट्टै कर्मचारी नपठाएको उनीहरुको भनाइ छ।
हामीले कति गर्न सक्छौं त्यति गरेका छौं। यो प्रक्रिया झन्झटिलो छ। एक दुई दिनको तालिमकै भरमा कर्मचारीले काम गरिरहेका छन्। हामीले उनीहरुलाई धेरै गर भनेर प्रेसर दिन पनि सक्दैनौं, एक प्रजिअले भने, ुअब सरकारी कर्मचारी भएर सरकारकै विरोध गर्न त मिल्दैन। तर, कर्मचारी नदिने अनि जिल्लाले काम गरेनन् भनेर भन्न मिल्दैन।उनले राष्ट्रिय परिचयपत्रको इनरोलमेन्टका लागि छुट्टै कर्मचारी उपलब्ध भए पनि राहदानीका लागि अलग व्यवस्था नभएको बताए।
राष्ट्रिय परिचयपत्र इनरोलमेन्टको निर्देशिकामा एक जनाले एक दिनमा ४० जनाको इनरोल गर्ने भन्ने छ। तर, उहाँहरु यही क्षेत्रको दक्ष हुनुहुन्छ। कम्तिमा ५०र६० जनाको गर्नुहुन्छ। अहिले दिनमा सवा सयको हाराहारीमा राष्ट्रिय परिचयपत्रका लागि इनरोल भइरहेको छ, उनले भने, राहदानीका लागि कमर्चारी अभाव छ। दैनिक ३५र४० जनाको भइरहेको छ। जुन उपलब्ध स्रोत साधानको आधारमा हेर्दा धेरै हो।
विभागका महानिर्देशक यादव जिल्लामा प्रयाप्त प्राविधिक जनशक्तिको अभाव भएको स्वीकार गर्छन्। जनशक्तिको अभाव छ। हामीले त्यसलाई सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ। यस विषयमा प्रधानमन्त्रीको तहमा पनि छलफल भइरहेको छ, उनले भने, ुराहदानी भनेपछि विभागकै मात्र जिम्मेवारी भन्ने भएन्। पक्कै पनि विभागको क्षेत्राधिकारभित्र हो। तर यसमा गृह, अर्थ सबै मन्त्रालयहरु पनि जोडिन्छन्। सबैसँग समन्वय भएर यसको समाधान गर्ने प्रयास गरेका छौँ।मंसिर १ गतेबाट विद्युतीय राहदानी वितरण सुरु गरेको विभागले हालसम्म ७ लाख २ हजार बढी राहदानी वितरण गरिसकेको छ। जसमध्ये दुई लाख राहदानी नवीकरण, पुरानो च्यातिएको वा बिग्रिएपछि गरिएको प्रतिस्थापन हुन भने बाँकी नयाँ राहदानी वितरण भएको विभागका प्रवक्ता डम्मरुबल्लभ पौडेलले जानकारी दिए। विभागले हाल दैनिक बिहान ११ बजेबाट आवेदन फाराम खोल्दै आएको छ। ११ बजेपछि अनलाइन आवेदन भरेर अप्वइन्टमेन्ट लिएपछि लाइभ इनरोलमेन्ट गर्दै आएको छ।
यद्यपि, लाइभ इनरोलमेन्ट हुँदा समय नै पाउन मुस्किल हुने गरेको सेवाग्राहीले गुनासो गर्छन्। ११ बजे आवेदन खुल्छ। खुल्ना साथ हामीले भर्दा अप्वाइनमेन्ट पाउनै मुस्किल पर्छ,पाल्पाबाट आएका सरोज उपाध्याय भन्छन्, साइटभित्र छिरेर अप्वाइन्मेन्ट लियो। त्यतिबेलै साइट चल्दैन।
आफैंले अनलाइनबाट लिन नसकेपछि बाहिर कम्प्युटर सेन्टरमा गएर अप्वाइन्मेन्ट लिएको उनले बताए। यहाँ भाइको कोठामा बसेर भर्न खोजेको मिलेन। बुधबार ११ बजेदेखि लगातार रुपमा ट्राइ गरियो भएन्, बिहीबार विभाग परिसरमा भेटिएका उपाध्यायले भने, आज यहाँ बिहानै आएर पहिला साइबरमा लाइन बसियो। साइबरले भरिदिँदा भयो। अनि यता फोटो खिच्ने लाइनमा छु।
विभागका महानिर्देशक यादव सेवाग्राहीबाट यस्तो गुनासो आएको स्वीकार गर्छन्। हामीले विभागको साइटको रिच बढाउँदै लगेका छौं। एकैपटक धेरै ट्राफिक हुँदा अनलाइन भर्दा केही समस्या आउने गरेको छ,उनले भने हामीले साइटको क्षमता पहिलेभन्दा बढाउँदै लगेका छौं। अझै बढाउँदै लैजान्छौं। घरमा भर्दा नहुने साइबरमा भर्दा हुने भन्ने गुनासो पनि हुन्। साइबरको काम नै त्यही हो उनीहरुको नेट स्पीड पनि राम्रो होला।
उनले हाल भने अप्वाइन्मेन्ट लिने बेला साइबरले अनियमितता गर्न नसक्ने दाबी गरे। ुपहिले अप्वाइन्मेन्ट बुक गर्ने। फर्जी नाम राखेर होल्ड गर्ने अनि पछि त्यसलाई इडिट गर्ने गरेर होल्ड गरिएको थियो, यादवले भने, अहिले त्यस्तो गर्न मिल्दैन। एकपटक सब मिट गरेपछि इडिट गर्न मिल्दैन। फेरि अर्को अप्वाइनमेन्ट लिनै पर्छ। त्यसैले अनियमितता भएको छैन।











