काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयक राष्ट्रिय हितमा नभएको बताएको छ ।नागरिकता जस्तो विषयमा पाँच वर्षसम्म मौन रहेर अहिले हतारो गरिनु शङ्कास्पद रहेको सो पार्टीको टिप्पणी छ । अहिले विधेयकलाई चुनावी एजेण्डाका रूपमा प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास भएको स्वतन्त्र पार्टीको ठहर छ ।




संविधानमाथि उठेका प्रश्नहरूको निर्क्यौल न्यायालयले गरे पनि गैर संवैधानिक कदम चालिनु पर्ने परिस्थितिको दोष राष्ट्रपति मात्रै नभएर संसद् र सबै दलले बोक्नुपर्ने बताए ।एक विज्ञप्ति जारी गर्दै सो पार्टीले अहिलेको अवस्था आउनुमा राजनीतिक दलहरूको अकर्मण्यता र राजनीतिक स्वार्थको दाउपेचका कारण भएको बताएको छ ।








