दिपक भट्टराई
पाल्पाको रिब्दीकोट गाउँपालिकाले अपांङ्ग व्यक्तिहरूलाई घरमै पुगि परिचय९पत्र वितरण गरेको छ । पालिका स्तरिय अपाङ्ग समितिले पुर्णता पाउन साथ जनता प्रति सम्वेदशिल भई फरक क्षमताका तथा अति अशक्त भएका व्यक्तिहरुलाई घरदैलो मै पुगि सेवा दिन सुरु गरेको हो । पालिका स्तरिय अपाङ्ग समितिले एक टिम नै बनाई घर घरमै गई पालिकाबाट पाउने सेवा सुविधा मा कुनै प्रकारको कमि आउन नदिन यस्तो अभियान सञ्चालन गरीएको गाउँपालिकाले जनाएको छ ।




गाउँपालिकामा असोज ६ र ७ गते अभियान स्वरुप १४ जना फरक क्षमता भएका नागरिकहरुलाई कार्ड वितरण गरिएको छ । हरेक महिनाको १५ गते भित्र वडा कार्यालयमा फरक क्षमता भएका व्यक्तिहरुले अनुसुचि १ बमोजिम सबै विवरण भरि सो फाईल वडा कार्यालय ले गाउँपालिका पठाई सके पछि अपाङ्ग समितिको बैठक २२ गते भित्र बसी हरेक महिनाको अन्तिम सोमबार पालिका बाटै नै अपाङ्ग कार्ड वितरण गरिने गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिनु भयो ।

जनता बाट प्रतिनिधि चुनिए पछि जनतासंगको बाचा पूरा गर्दै जनताको घर दैलोमै सेवा दिन पाउँदा आत्म सन्तुष्टि भएको र आगामी दिनमा समेत जनताको सेवामा नै निरन्तर घरदैलो मै जाने उदेश्य स्थानीय सरकारको रहेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले सवै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधा बाटकोही पनि बञ्चित नहुने अन्य नागरिक सरह नै अपांग व्यक्तिलेहरुले पनि सेवा सुविधा लिन पाउने गरी पालिका लागीपरेको बताउनु भयो ।

घरदैलो अभियानमा गाउँपालिका अध्यक्ष,समितिका संयोजक तथा गाउँयपालिका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत कार्यपालिका सदस्य,मेडिकल डाक्टर,स्वास्थ्य शाखा लगायत अपाङ्ग समितिका पदाधिकारी हरुको उपस्थिति रहेको सुचना प्रविधिअधिकृत हेमेन्द्र कुवँरले बताउनु भयो ।










