अर्घाखाँची ।
भरुवा बन्दुक सहित अर्घाखाँचीमा २ जना पक्राउ परेका छन् ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले सोमबार २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भुमिकास्थान वार्ड नं. १ ओखट्टे बस्ने ४० बर्षिय जितेन्द्र भुसाल र ३७ बर्षिय फर्सुराम खनाल रहेको प्रहरीले जनाएको छ ।



उनीहरुको साथबाट एक थान अवैध भरुवा बन्दुक बरामद गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।









