रिब्दीकोट गाउँपालिका पाल्पाले हिन्दु नेपालीहरुको महानपर्ब बडा दशै तथा शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा शुभकामना सगै सचेतनामुलक सन्देशहरु पनि दिईएको छ । चाडपर्बमा बजार र गाउघर क्षेत्र भित्र बढी फोहर मैला होहल्ला जाड रक्सिको कारोबार र जुवातास खेल्ने घटना हुन सक्ने भन्दै यस्ता कार्य गर्न नदिन सबैलाई गाउँपालिकाले आग्रह रहेको छ ।




शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष एव पार्टीका आर्थिक विभाग प्रमुख सोम प्रसाद पाण्डे,प्रदेश सांसद बसन्त घर्ती स्थानीय नेता, शिक्षक, सुरक्षा निकाय पालिकाका कर्मचारीहरु,स्वास्थ्य सस्थाका प्रमुख तथा प्रतिनिधि र जिल्लाका स्थित राजनैतिक दलहरुका प्रमुख,पालिका जनप्रतिनिधि, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा पुर्व मन्त्री,प्रदेश सांसद पालिका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु शिक्षक,जनप्रतिनिधिहरु र राजनीतिकहरुको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यपालिका सदस्य गीता कैशलको स्वागत मन्तव्य तथा अधिकृत रुक्लाल भट्टराईको सञ्चालन कार्यक्रम समपन्न भएको सुचना प्रविधि अधिकृत हेमेन्द्र कुँवरले बताउनु भयो ।










