कपिलवस्तु ।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले दशैँ तिहारमा यात्रुलाई सहताकालागि यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ ।
चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै अर्घाखाची चोक गोरुसिंगे,चन्द्रौटा, कृष्णनगर लगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए ।उनले कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्नसक्ने बताए ।



चाडपर्वका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिनेलगायत काम हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
दसैँ नजिकिँदै गर्दा भारतबाट रोजागरी गरेर फर्कनेको सङ्ख्या बढेको छ ।भारतबाट आउने नागरिकमाथि लुटपाट जस्ता घटना हुने भएकाले पनि सहायता कक्ष सञ्चालनमा ल्याएको उनको भनाई रहेको छ ।









