बुटवल । रुपन्देही–२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेशी आज पहिलो नम्बरमा परेको छ । सो रिट माथिको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीस इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो नम्बरको सूचीमा परेको हो ।
असोज ३१ गते न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालिन अन्तिरम आदेश दिदैँ कात्तिक २ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । कार्तिक २ गते बोलाए पनि उक्त दिन हेर्न नभ्याइने भनि आज कार्तिक ४ गते शुक्रबारका लागि पेसी तोकिएको थियो ।निर्वाचन कार्यालयले बेंकीङ कसुर अन्तर्गत कालोसूचीमा नाम भएको भेटेपछि गुरुङको उम्मेदवारी खारेज गरेको थियो । रिटकोे आजै अन्तिम फैसला आउने सम्भावना रहेको छ ।शुक्रबार दुवै पक्षको बहसपछि अन्तरिम आदेश कायम गर्ने कि नगर्ने विषयमा निर्णय हुनेछ। निर्वाचन आयोग र निवेदक दुवैको कुरा सुनेर जारी हुने आदेशले गुरुङले निर्वाचन लड्न पाउने कि नपाउने निर्णय हुनेछ।



उक्त क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेका छन्।








