ट्रेन्डिङ

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

रुपन्देही २ मा गठबन्धनले   विष्णु पौडेलविरुद्ध जनमुक्तिका केशवबहादुरलाई सघाउने तयारी

रुपन्देही । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनका उम्मेदार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्च अदालतले सदर गरिदिएपछि आगामी रणनीति तय गर्न दलहरु छलफलमा जुटेका छन् ।सर्वोच्चबाट गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी भएपछि सत्ता गठबन्धनमा संकट आइलागेको छ । अब उनीहरुले कसलाई समर्थन गर्ने र कस्तो रणनीति बनाउने विषयमा आन्तरिक तयारीमा जुटेका हुन् । यो क्षेत्रमा १८ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएकोमा गुरुङसहित ३ जनाको खारेजी परेपछि आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उम्मेदवारी कायम हुने आशाका साथ सत्ता गठबन्धनको साझा उम्मेदवार एकीकृत समाजवादीका गुरुङ सर्वोच्च अदालत रिट बोकेर पुगेका थिए ।

तर सर्वोच्चले शुक्रबार उनको रिटमा अन्तरिम आदेशको निरन्तरता नपाउने भनेसँगै उनको उम्मेदवारी कायम नहुने भएको हो । नेताहरूले अर्को कुनै पार्टीको उम्मेदवारलाई समर्थन गरेर अगाडि बढ्ने तयारी गरेका छन् । तर कुन दलको उम्मेदवारलाई कसरी समर्थन गरेर अगाडि जाने भन्नेबारे अझै विस्तृत छलफल हुन बाँकी रहेको छ ।

कांग्रेसका एक नेताका अनुसार जनमुक्तिका केशबहादुर थापालाई समर्थन गर्ने तयारी भएको छ । उनका अनुसार जनमुक्तिले प्रदेशभर गठबन्धनलाई समर्थन गर्ने र रुपन्देही २ मा जनमुक्तिका उम्मेदारलाई समर्थन गर्नेगरी छलफल चलेपनि अन्तिम निचोड केही आएको छैन ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अबिराम विश्वकर्माले सर्वोच्चको निर्णयले राजनीतिमा नयाँ विषयले प्रवेश पाएको बताउँदै पार्टी तथा को बैठक बसेर कसरी अगाडि जाने भन्नेमा निर्णय गर्ने बताए । गुरुङ एकीकृत समाजवादी पार्टीको उम्मेदवार भएपनि समग्रमा गठबन्धन दललाई सर्वोच्चको आजको निर्णयले असर गरेकोले अब नयाँ उम्मेदवारलाई पार्टीको हैसियत, उम्मेदवारको छवि, मत आदि हरेर समर्थन गर्नसक्ने उनको भनाइ छ ।

यसैगरी नेपाली काँग्रेस लुम्बिनीका सभापति अमर पुनले अदालतको निर्णयले गठबन्धन दलहरूलाई ठूलो क्षति भएको प्रतिक्रिया दिए । यद्यपि अदालतबाट आएको निर्णयलाई मान्नुको विकल्प नभएको उनले बताए । क्षेत्र नम्बर २ मा प्रदेश उम्मेदवारहरूको समेत चुनावी गतिविधिहरू प्रभावित भएकोले छिट्टै निकास निकाल्नु उनले पर्ने बताए । उनले रुपन्देहीमा गठबन्धनले सहयोग गर्नेमा जनमुक्ति पार्टी उम्मेदवारको पनि नाम आएको भन्दै सबै सम्भावित नामबारे गठबन्धन दलको बैठकले निकास निकाल्ने बताए ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले अदालतको निर्णयलाई सम्मान गर्दै कानुनी र राजनीतिक विषयमा छलफल गर्ने बताए । उनले अन्य कानुनी र राजनीतिक उपायबारे आज–भोलि गठबन्धन दलहरूको नेतृत्वबाट छलफल गर्ने बताए । रुपन्देही २ मा गठबन्धनबाट सङ्घमा राजुको उम्मेदवारी परेको थियो भने प्रदेश (१) मा नेपाली काँग्रेसका दीर्घ बहादुर केसी र (२) मा माओवादीका वामदेव क्षेत्रीको उम्मेदवारी परेको छ ।

उम्मेदवारी खारेज नभएको भए क्षेत्र नम्बर २ मा गुरुङ र एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने थियो । गुरुङको उम्मेदवारी खारेजीपछि पौडेललाई भने केही राहत भएको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएपछि गुरुङको उम्मेदवारी निर्वाचन अधिकृत कार्यालयले खारेज भएको थियो ।

को को छन् अबका प्रतिस्पर्धी ?

यहांँ अब पौडेलसँग केही साना पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनेछन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस वीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् ।

यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार रहेका छन् । यो क्षेत्रमा १८ जनाको उम्मेदवारी दर्ता भएकोमा राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा। निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । कमल भुसाल उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च गएका छन् । उनको मुद्दाको पेशी कात्तिक १५ गते छ । यदि उनको उम्मेदवारी कायम भए १६ जना हुनेछन् ।

राजनीतिक विश्लेषक ऋषि आजाद रुपन्देही २ मा नेपाली कांग्रेसकै उम्मेदवार भएको भए पौडेलसँग रोचक प्रतिस्पर्धा हुन सक्ने तर अन्य दलको जोसुकै उम्मेदवार भएको भएपनि पौडेललाई फरक नपर्ने अवस्था रहेको बताउँछन् । ‘रुपन्देही २ मा कांग्रेसवाहेक अरु दलले पौडेलसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत छैन’ आजाद भन्छन् ।

जित नजिक पुगेका र सरकारमा माथिल्लो हैसियतमा पुग्न सक्ने प्रायः निश्चित भएका नेता पौडेललाई सबै दलका मतदाताले मतदान गर्नु वाहेक अरु विकल्प नदेखिएकोले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको १६५ क्षेत्र मध्ये सबै भन्दा धेरै र फराकिलो मतान्तरले जित हासिल गर्ने नेताको रुपमा विष्णु पौडेल स्थापित हुन सक्दछन् ।

‘यस्तो अवस्थामा गठबन्धनले साना दललाई समर्थन गर्दैमा पौडेललाई फरक पर्दैन तैपनि चुनाव हो औपचारिकता त पुरा गर्नैपर्‍यो ।’

अब गठबन्धन के गर्ला ?

उम्मेदवारी नै खारेज भएसँगै मुलुककै राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ–अव रुपन्देही–२ मा गठबन्धन के गर्ला रु रुपन्देहीमा विकासको रोलमोडलको रुपमा उदाएका विष्णु पौडेललाई समर्थन गरेर इतिहास कायम गर्ला वा साना दलका कुनै उम्मेदवारलाई समर्थन ?
यस सन्र्दभमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल बाँकी रहेका उम्मेदवार मध्ये जो राम्रो छ उसलाई समर्थन गरेर जान सकिने बताउँछन् ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणका अनुसार गठबन्धनभित्र अहिलेसम्म के गर्ने भन्ने विषयमा छलफल भएको छैन । ‘संभवतः शनिबार नै हामी गठबन्धनको बैठक बस्छौं, त्यसपछि के गर्ने भन्ने बारे टुंगो लाग्ला’उनले भने । अव गठबन्धनसामु तेस्रो व्यक्तिलाई समर्थन गरेर जाने बाहेक अर्को विकल्प नदेखेको उनले बताए । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विक सत्ता गठबन्धनको वैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने बताउँछन् ।

यदि काँग्रेसले तेस्रो व्यक्तिको खोजी गरेको खण्डमा गठबन्धन दलका कार्यकर्ता वा आम मतदाताले के गर्लान रु गठबन्धनले समर्थन गरेको तेस्रो व्यक्तिलाई मतदान गर्लान् वा विष्णु पौडेल जितको नजीक पुगिसकेको ठानेर उनैलाई मत देलान् । निश्चय पनि मतदाताले अब फेरी पनि गठबन्धनको निर्देशन होईन आफ्नो विवेक प्रयोग गर्ने बलियो संभावना देखिन्छ ।

किनभने, रुख चिन्हमा मत हाल्दै आएका काँग्रेस कार्यकर्तालाई कहिले कलम, कहिले हँसिया हथौडा वा कहिले अन्य कुनै चिन्हमा मतदान गर्ने निर्देशन दिंदा पक्कै पनि कार्यकर्ताले स्वीकार्ने अवस्था देखिंदैन । यो अवस्थामा उनीहरुले अव जे भयो भयो, जितको नजीक पुगिसकेकाले पौडेललाई नै मत दिउँ भन्ने विकल्प रोज्न सक्छन् ।

राजु गुरुङका साथै हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका कमल भुसाल ९निकोलश० को उम्मेदवारी पनि खारेज हुनुले अव मतदातामा विष्णु पौडेल बाहेक अन्य विकल्पहरु साँघुरिंदै गएको विश्लेषकहरु बताउँछन् । यद्यपि भुसालको बारेमा सर्वोच्चले के गर्ला भनेर कात्तिक १५ पर्खिनैपर्छ ।

बलियो बन्दै पौडेल

मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारको मन्त्रीमण्डलमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्नसक्ने मध्येमा एक हुन् एमाले उपाध्यक्ष विष्णु पौडेल । चुनावपछि अहिलेको गठबन्धन थप तोडमोड गरेर वा आफूसँगकै दलहरु र विभिन्न शक्तिलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री बन्न चाहन्छन् । र त्यो सरकारमा महत्वपूर्ण मन्त्रालय प्राप्त गर्ने मध्येका नेता विष्णु पौडेल रहेकोमा दुईमत छैन ।

यसअघि आफूले सांसद र मन्त्री बन्दा रुपन्देहीमा सुरू गरेका कतिपय ठूला र महत्वपूर्ण आयोजनाहरु अधूरो भएकाले आगामी मंसिर ४ गतेको निर्वाचनपछि आफू फेरि सरकारमा गएर अधुरा काम पूरा गर्ने योजना पौडेलको छ । उनले सार्वजनिक रुपमा हरेकजसो कार्यक्रममा मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार नबने मुलुकमा समृद्धि, विकास र शान्ति सम्भव नहुने दाबी गरिरहेका छन् ।

गठबन्धनसँग एक्लै भिडेर फराकिलो मतान्तरले चुनाव जित्नेमा पौडेल विश्वस्त थिए । चुनावपछि विजयी हासिल गरेर रुपन्देहीका अधुरा योजना पूरा गर्न पौडेलले ‘रोडम्याप’ नै तयार पारेर अघि बढेका थिए ।

वैशाखमा भएको स्थानीय निर्वाचनको नतिजाअनुसार बुटवलमा सत्ता गठबन्धन अगाडि थियो । तर त्यसअघिको २०७४ को निर्वाचनमा पौडेलले काँग्रेस उम्मेदवार युवराज गिरीलाई २२ हजार भन्दा बढी फराकिलो मतान्तरले पराजित गरेका थिए ।

सम्बन्धित खवर